काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा सिटीले एस्टन भिल्लामाथि ३–१ को सहज जित निकालेको हो।
सिटीको जितमा रोड्री, गुन्डुगोन र रियाद महरेजले एक/एक गोल गरे। खेलको चौथो मिनेटमा महजेरजको पासमा रोड्रीले गोल गर्दै अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा हालाण्डको पासमा महरेजले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।
पहिलो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीमा महरेजले गोल गर्दै ३–० को अग्रता बनाएका थिए। दोस्रो हाफको ६१ औं मिनेटमा वाटकिन्सले गोल गर्दै खेल ३–१ स्थितीमा ल्याएका थिए। बाँकी समय दुबैतर्फबाट गोल नभई खेल टुंगिएपछि सिटीले ३–१ को जित निकाल्यो।
भिल्लालाई हराउँदै ३ अंक जोडेपछि सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी छोट्याएको छ। २२ खेल खेलेको सिटीले दोस्रो स्थानमा रहँदै ५१ अंक जोडेको छ भने एक खेल कम खेलेको आर्सनल शीर्ष स्थानमा रहँदै ५१ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।