धनगढी– कैलालीको धनगढीमा प्रथम अन्तर विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता हुने भएको छ। खेलको विकास तथा खेलाडीको पहिचानका लागि क्रिसेन्ट सिटि स्कुल ‘प्लस टु’को आयोजनामा आइतबारदेखि धनगढी रंगशालामा प्रतियोगिता हुने भएको हो।
भोलिदेखि सुरु हुने प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुने विद्यालयकाका प्रधानाध्यापक तीर्थराज फुलाराले जानकारी दिए।
प्रतियोगिताका विजेतालाई नगद ३० हजार तथा उपविजेतालाई १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए।
यस्तै, उत्कृष्ट खेलाडीलाई नगद दुई हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई एक–एक हजार नगद पुरस्कार साथै प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ।
प्रतियोगितामा धनगढीसहित कैलालीका विभिन्न स्थानका कक्षा ९ देखि १२ मा अध्यनरत विद्यालयका २९ टिमको सहभागिता रहने छ।
प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको आयोजकले जानकारी दिएको छ। एन्फाको नियमानुसार नकआउट चरणमा खेल खेलाइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।