काठमाडौं- साउदी क्लब अल नासरका पोर्जुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अल वेहदाविरुद्ध चार गोल गरेका छन्। उनी एक्लैले चार गोल गर्दा अल वेहदा ४-० ले पराजित भएको छ।
योसँगै रोनाल्डोले करिअरको ६१औं ह्याट्रिक पूरा गरेका छन्। उनले रियलका लागि सर्वाधिक ४४ ह्याट्रिक गर्दा पोर्चुगलको लागि १० ह्याट्रिक गरेका छन्।
वेहदा विरुद्ध पहिलो गोल गरेसँगै रोनाल्डोले लिग फुटबलमा ५००औं गोल समेत पूरा गरेका छन्। लिग फुटबलमा उनको कुल ५०३ गोल पुगेको छ।
लिग फुटबलमा रियल मड्रिडका लागि सर्वाधिक ३११ गोल गरेका रोनाल्डोले म्यानचेष्टर युनाइटेडका लागि १०३, युभेन्ट्सका लागि ८१, स्पोर्टिङ लिस्वनका लागि ३ र अल नासरका लागि ५ गोल गरेका छन्।
विश्वकप फुटबलपछि साउदी पुगेका रोनाल्डोले अल नासरबाट पहिलो ह्याट्रिक गरेका हुन्। अल नासर जितपछि १६ खेलबाट ३७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।