काठमाडौं– साउदी प्रो लिग फुटबल प्रतियोगितामा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आबद्द अल नासरले सहज जित निकालेको छ।
बिहीबार राति भएको खेलमा नासरले घरेलु टोली अल वेहदालाई ४-० गोल अन्तरले हरायो। अल नासरको जितमा रोनाल्डो एक्लैले ४ गोल गरे।
रोनाल्डोले खेलको २१ औं मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यस्तै, ४० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे।
खेलको ५३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि खेलको ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चोथो गोल गरे।
योसँगै रोनाल्डोले आफ्नो करिअरको ५०० औं लिग गोल पनि पूरा गरेका छन्। उनले रियल मड्रिडमा ३११, दुईपटक गरी म्यानचेस्टर युनाइटेडमा १०३ र युभेन्टसमा ८१ र स्पोर्टिङ लिस्बनबाट ३ गोल गरेका छन्।
जितसँगै अल नासर शीर्ष स्थानमा उक्लिएको छ। नासरले १६ खेलमा ३७ अंक जोडेको छ। वेहदा १५ अंक जोडेर १३औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।