काठमाडौं– स्पेनिस क्लब रियल मड्रिड क्लब वर्ल्डकपको फाइनलमा प्रवेश गरेको छ। इजिप्टको क्लब अल अहलीमाथि ४–१ को जित निकाल्दै रियल फाइनल प्रवेश गरेको हो।
रियलको जितमा भिनिसियस जुनियर, फेड भालभर्दे, रोड्रिगो र सर्जियो एरिब्बासले एक/एक गोल गरे। अल अहलीका लागि एक मात्र सान्तवना गोल पेनाल्टीमार्फत् अली मालौले गरे।
क्लब वर्ल्डकपमा ७ देश महादेशका च्याम्पियन क्बलहरुले प्रतिस्पर्धा गर्नेछन्। जसमा युरोकप च्याम्पियन्स लिग विजेता टोली सिधै सेमिफाइनल प्रवेश गर्नेछ। सेमिफाइनलमा प्रभावकारी जित निकाल्दै रियल फाइनल प्रवेश गरेको हो।
अब फाइनलमा रियलले साउदी अरबको क्लब हिलालसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।