काठमाडौं– म्यानचेस्टर युनाइटेड घरेलु मैदान वर्ल्ड ट्राडफोर्डमा हारबाट मुस्क्लिले बचेको छ।
इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग २–० गोल अन्तरले पछि परेको स्थितिलाई उल्ट्याउँदै म्यानचेस्टर युनाइटेडले पुनरागमन बराबरी गरेको हो।
म्यानचेस्टरलाई हारबाट जोगाउन मार्कुस रास्फोर्ड र सान्चोले गोल गरे। खेलको पहिलो मिनेटमै विल्फ्रेड गोन्टोको गोलमा लिड्सले अग्रता बनाएको थियो। ४८ औं मिनेटमा डिफेन्डर भारानको आत्मघाती गोलमा लिड्ले अग्रता दोब्बर बनाएको थियो।
२–० ले पछि परेको स्थितीलाई उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर युनाइटेड हारबाट बच्यो। ६२ औं मिनेटमा रास्फोर्ड र ७० औं मिनेटमा सान्चोले गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।