काठमाडौं– बंगलादेशमा जारी २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले घरेलु टोलीको सामना गर्दैछ। बंगलादेश शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्।
नेपाल र बंगलादेशबीचको खेल बिहीबार साँझ ५:४५ बजे ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा सुरु हुनेछ।
बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा भुटानलाई पराजित गरेर फाइनमा स्थान बनाएको हो। यसअघि मंगलबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
नेपालका मुख्य प्रशिक्षक यम गुरुङले फाइनलमा घरेलु टोलीविरुद्ध कडा टक्कर दिने बताएका छन्। बंगलादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले पनि फाइनल प्रतिस्पर्धात्मक हुने दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।