काठमाडौं– सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नका लागि विश्वविजेता अर्जेन्टिनासहित चारवटा दक्षिण अमेरिकी राष्ट्रले संयुक्त दाबी पेस गरेका छन्।
विश्वकप आयोजनाका लागि अर्जेन्टिनासँगै चिली, उरुग्वे र पाराग्वेले संयुक्त दाबी पेश गरेका हुन्।
सन् १९३० मा उरुग्वेमा पहिलो विश्वकपको आयोजना भएको थियो। विश्वकप सुरु भएको २०३० मा ठीक १०० वर्ष पूरा हुनेछ।
दक्षिण अमेरिकामा विश्वकप फुटबल जन्मिएको भन्दै चार राष्ट्रले आधिकारिक रुपमा आयोजनाको दाबी पेस गरिएको बताएका छन्।
अर्जेन्टिना र चिलीले पनि एक–एक पटक विश्वकपको आयोजना गरिसकेका छन्। पाराग्वे भने आयोजक बन्न बाँकी छ।
यस्तै, २०३० को विश्वकप आयोजनाका लागि स्पेन, पोर्चुगल र युक्रेनले पनि संयुक्त दाबी गरिसकेका छन्।
विश्व फुटबल महासंघ (फिफा)ले यस विश्वकप आयोजनाको घोषणा २०२४ मा गर्ने जनाएको छ।
त्यसअघि २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ। चार राष्ट्रले संयुक्त रुपमा विश्वकप आयोजनाको दाबी गरेको पहिलोपटक हो।
पछिल्लो पटक सन् २०२२ मा कतारमा विश्वकपको आयोजना भएको थियो। त्यसको उपाधि अर्जेन्टिनाले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।