एजेन्सी– सोमबार गएको भूकम्पमा परी टर्कीका गोलकिपर अहमेट इयुप टुर्कासलानको निधन भएको छ।
सोमबार बिहान सवा चार बजेतिर गएको शक्तिशाली भूकम्पमा परी उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
टुर्कासलान आबद्द क्लब एनी मालत्यास्पोरले भूकम्पमा उनले ज्यान गुमाएको पुष्टि गरेको छ। २८ वर्षीय टुर्कासलानले २०२१ मा टर्कीको दोस्रो डिभिजन क्लबमा अनुबन्धित भएका थिए। टुर्कासलानले क्लबका लागि ६ खेल खेलेका थिए।
भूकम्पपछि टर्की र सीरियामा हालसम्म आठ हजारभन्दा बढीको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।