• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपति निर्वाचनलाई लिएर दलहरूका आ–आफ्नै दाउ

64x64
नवीन झा मंगलबार, माघ २४, २०७९  २०:५७
1140x725

काठमाडौं– फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर सत्तारुढ दलहरु एमाले र माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आ–आफ्नै रणनीति बनाएर अघि बढ्न खोजिरहेका देखिन्छन्। अन्य साना दलहरु पनि आ–आफ्नै दाउमा छन्।

गत मंसिर १० मा नयाँ सत्ता साझेदारी बन्दा राष्ट्रपतिको निर्वाचन खासै जटिल विषय थिएन। तर, पुस २६ गते प्रधाननमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि भने यो  विषय जटिल बन्दै गएको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षी भूमिकामा रहने प्रष्ट भइरहेको छ। तर, कांग्रेस नेताहरुले भने राष्ट्रपति आफ्नो दलले प्रस्तावित गरेको उम्मेदवार हुने वा आफ्नै दलको हुने दोहोर्‍याइरहेका छन्। यस्तो दोहोर्‍याउनेमा कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा अग्रपंक्तिमा छन्। मंगलबार मात्रै कांग्रेस नेता शेखर कोइरालाले चितवनमा राष्ट्रपतिमा कांग्रेसकै उम्मेदवारले जित्नेमा दुई मत नरहेको दाबी गरेका छन्।

एमालेका नेताहरुले भने पुस १० को सहमतिअनुसार राष्ट्रपति एमालेले पाउने बताइरहेका छन्। उनीहरु अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्ने र त्यसमा प्रधानमन्त्रीको भूमिका रहने पनि बताइरहेका छन्। पुस १० कै सहमति अनुसार प्रतिनिधि सभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भइरहेका छन्। राष्ट्रपतिमा कांग्रेसले ‘गडबड’ गर्न आँटेको संकेत पाएको एमाले भने कांग्रेसप्रति आक्रामक सुनिन्छ। कांग्रेसको आलोचनामा पनि एमाले नै परिरहेको छ।

कांग्रेस र एमाले एकअर्काविरुद्ध भिडिरहँदा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफूलाई पनि सहज हुने खालको पात्रलाई शीतल निवास पुर्‍याउन चाहिरहेका छन्। त्यसैले माओवादी केन्द्रले कांग्रेसलाई लोभ्याउने र एमालेलाई झुक्याउने गरी राष्ट्रपतिमा दलहरुबीच सहमतिको प्रस्ताव गरिरहेको छ।

कांग्रेस : माओवादीलाई एमालेबाट अलग्याउने रणनीति 
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले सुरु गरेको राजनीतिक खेललेको अन्तिम उद्देश्य भने एमाले र माओवादी केन्द्रको गठबन्धन तोड्ने रहेको बुझिन्छ। प्रचण्डलाई प्रधानमन्त्री नस्वीकार्दा संघदेखि प्रदेशसम्मका अनेक अवसरबाट बञ्चित हुन पुगेको कांग्रेसले अहिलेको सत्ता गठबन्धन भत्काउन सकेमा अवसर पुनः फर्किने बुझेको छ। त्यसैले पनि ऊ माओवादी केन्द्रलाई एमालेबाट अलग्याएर आफूसँग जोड्न चाहन्छ।

प्रचण्ड स्वयंले एमालेसँगको सहकार्यमा असजिलो महसुस गरिरहेको उनले पार्टीको बैठकमा गरेको ब्रिफिङबाट पनि बुझिन्छ। त्यसैले उनी पनि कांग्रेससँग निकट हुने प्रयत्न गरिरहेका छन् भनेर आकलन गर्न सकिन्छ। त्यसको पटाक्षेप फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा कांग्रेस उम्मेदवारलाई सघाएमा हुनेछ। तर यो दृश्य अहिलेसम्म प्रष्ट भने भइसकेको छैन। सायद प्रचण्ड त्यसपछिका लाभहानीको हिसाबकिताब गर्दैछन्। यद्यपि, यो एउटा सम्भावना भने हो।

एमालेः राष्ट्रपति आफैंसँग राख्ने, प्रचण्डलाई पनि दबाबमा राख्ने
नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा आँखा लगाएपछि एमाले सशंकित पनि छ, रणनीतिहरु अख्तियार पनि गरिरहेको छ। एमालेले अहिले जसरी पनि माओवादीसँगको सहकार्यलाई निरन्तरता दिन खोजिरहेको छ। त्यसैले सार्वजनिक रुपमा एमाले अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकारको बचाउ गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पुस १० को सहमतिअनुसार राष्ट्रपति एमालेले नै पाउने सो पार्टीका नेताहरुको दाबी अस्वाभाविक होइन। तर, त्यसो भयो भने अढाइ वर्षपछि राष्ट्रपति, प्रधानमन्त्री तथा सभामुख जस्ता शक्तिशाली पदहरुमा एमाले र विशेषगरी ओली निकटका व्यक्ति पुग्ने भएकाले कांग्रेस र माओवादी केन्द्र झस्किएका छन्। त्यसैले एमालेलाई राष्ट्रपति दिन नहुने मत ती पार्टीहरुभित्र बलियो छ।

राष्ट्रपतिमा प्रचण्डले कांग्रेसलाई सघाउन सक्ने भएकाले एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी तथा राप्रपालाई विश्वासमा लिएको छ। एमालेकै रणनीति अनुसार रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएको बताइन्छ।

माओवादीः ओलीको दबदबा रोक्ने प्रयास
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेसँग सत्ता सहकार्य गरिरहेको भए पनि ओलीको दबदबा नरहोस् भन्नेमा सचेत देखिन्छन्। त्यसैले पनि उनी कांग्रेसबाट विश्वासको मत लिन सफल भएका थिए। जसले ओलीलाई झस्काएको छ। आफू प्रधानमन्त्री भए पनि सभामुख र राष्ट्रपतिमार्फत् ओलीले दबाब सिर्जना गर्ने भएकाले राष्ट्रपतिमा ओलीको रुचिबाहिरको व्यक्ति खोज्नुपर्ने प्रचण्डको बुझाइ छ।

साना पार्टीहरुः सरकारलाई केन्द्रमा राखेर अघि बढ्ने रणनीतिमा
राष्ट्रपति निर्वाचनमा प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रको अतिरिक्त साना दलहरुको मतको पनि महत्त्वपुर्ण स्थान देखिन्छ। त्यही भएर एमाले अध्यक्ष ओलीले सुरुदेखि नै राप्रपा अध्यक्ष राजेन्द्र लिड्देन र रास्वपा सभापति रवि लामिछानेलाई बलियो गरी आफ्नो पक्षमा राख्दै आएका छन्।

Xtrem

Xtrem

तर जसपा, लोसपा र जनमत लगायतका केही पार्टी र स्वतन्त्र सांसदहरुको पक्षधरता स्पष्ट छैन। फागुन २५ को राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरण परिर्वतन हुने छाँटकाँट देखिए यी दलहरुले सोही अनुसार पक्ष लिने सम्भावना देखिन्छ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
सभापतिमा गगनसहित ३ जना भिड्ने नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभ... बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ? नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको... बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वज... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
सभापतिमा गगनसहित ३ जना भिड्ने बुधबार, असोज २१, २०८३
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्