काठमाडौं– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई मुख्य खेलाडी घाइते हुँदा तनाव थपिएको छ। च्याम्पियन्स लिगको मुखमा फन्ट्र लाइनका तीव्र गतिका स्ट्राइकर केलियन एम्बाप्पे घाइते भएपछि तनाव बढेको हो।
बुधबार राति लिग वानमा मोन्टपेलियरविरुद्ध भएको खेलमा एम्बाप्पे घाइते भएका थिए। तिघ्रामा चोट बोकेपछि उनी २१औं मिनेटमा मैदानबाट बाहिरिएका थिए।
उनको चोट सामान्य रहेको र खेलमा फर्किहाल्न विश्वास गरिएको थियो। तर एम्बाप्पे ३ साता मैदान बाहिर बस्नुपर्ने भन्दै मेडिकल रिपोर्ट आएपछि पीएसजीलाई तनाव बढेको छ।
३ साता बाहिर बस्नुपर्ने भएसँगै एम्बाप्पेले जर्मन क्लब बार्यन म्युनिखसँगको च्याम्पियन्स लिगको पहिलो लेग गुमाउने भएका छन्।
फ्रेबुअरी २४ मा पीएसजीले घरेलु मैदानमा बायर्नसँग च्याम्पिन्स लिग खेल्दैछ। दोस्रो लेग भने मार्च ८ मा बायर्नको मैदानमा हुनेछ।
त्यसैगरी एम्बाप्पले फ्रेबुअरी ८ मा मार्सेलीसँग हुने फ्रेन्च कप र त्यसको तीन दिनपछि हुने मोनाकोविरुद्धको लिगठ वानको खेल पनि गुमाउने छन्।
एम्बाप्पेले जारी सिजन आफ्नो क्लबका लागि २६ खेल खेल्दै २५ गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।