तस्बिर: गेट्टी ईमेज काठमाडौं– १० खेलाडीमा सीमित भ्यालेन्सियालाई हराउँदै रियल मड्रिडले बार्सिलोनासँगको अंक दूरी घटाएको छ। स्पेनिस ला–लिगामा नेपाली समयानुसार बिहीबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई २–० गोल अन्तरले हरायो।
घरेलु मैदानमा भएको खेलमा पाहुना टोली भ्यालेन्सियालाई हराउँदा मार्को एसेन्सियो र भिनिसियस जुनियरले १/१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोक्दै भ्यालेन्सियाले रियललाई दबाब दिएको थियो।
दोस्रो हाफको ५२औं मिनेटमा करिम बेन्जिमाको पासमा एसेन्सियोले गोल गर्दै रियललाई अग्रता दिलाए। त्यसको २ मिनेटपछि ५४औं मिनेटमा बेन्जिमाकै पासमा भिनिसियसले गोल गरेर अग्रता दोब्बर बनाएका थिए।
खेलको ७२औं मिनेटमा भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो। भ्यालेन्सियाका ग्राबियल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
जितसँगै रियलले बार्सिलोनासँगको अंक दूरी घटाएको छ। यसअघि बार्सिलोनाभन्दा ८ अंकले पछि परेको रियल अहिले ५ अंकले पछि परेको छ।
१९ खेल खेलेको बार्सिलोनाको ५० अंक छ भने समान खेल खेलेको रियलको ४५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।