काठमाडौं– इंग्लिस क्लब चेल्सी अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजका लागि १२१ मिलियन युरोमा सम्झौता गर्न सहमत भएको बीबीसीले जनाएको छ। यो सम्झौताले २०२१ मा ज्याक ग्रेलिसका लागि सिटीले तिरेको १०० मिलियन पाउन्डलाई माथ दिएको छ।
पोर्चुगिज क्लब बेन्फिकाले एन्जो इंग्लिस क्लब चेल्सीमा आबद्ध हुन लागेका पुष्टि गरेको छ। बेन्फिकाले एक विज्ञप्तिमा भनेको छ, ‘खेलाडी एन्जो फर्नान्डेजका सबै अधिकारहरू बिक्री गर्न चेल्सीसँग सम्झौता भएको छ।’
गत अगस्टमा मात्र १० मिलियन पाउण्डमा बेन्फिकामा आबद्ध भएका २१ वर्षीय फर्नान्डेज कतारमा अर्जेन्टिनाले विश्वकप जित्दा प्रतियोगीताकै सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका थिए।
एन्जो फर्नान्डेज अनुबन्धका क्रममा हालसम्मका छैटौं महँगा खेलाडी बनेका छन्। यसअघि सन् २०१९ मा बार्सिलोनाले एन्टोनी ग्रिजमनलाई १२० मिलियन युरोमा अनुबन्ध गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।