काठमाडौं– स्पेनिस ‘कोपा डेल रे’ को ड्र सार्वजनिक भएको छ। ड्र अनुसार सेमिफाइनलमा दुई हेभिवेट भिडन्त हुने भएको छ। सेमिफाइनलमा क्याटलान क्लब बार्सिलोना र रियल मड्रिड (इएल क्लासिको) भिड्ने भएका हुन्।
एउटा सेमिफाइनल बार्सिलोनाले रियल मड्रिडसँग खेल्दा अर्को सेमिफाइनलमा ओसासुना र एथ्लेटिक क्लबले खेल्ने भएका छन्। सेमिफाइनल होम एण्ड अवेको आधारमा हुनेछ।
जसअनुसार पहिलो लेगको खेल आउँदो फ्रेबुअरी २८ मा रियलको मैदानमा हुनेछ भने दोस्रो लेग बार्सिलोनाको मैदानमा अप्रिल ४ मा हुने तय भएको छ। ओसासुनाले पहिलो खेल घरेलु मैदानमा र दोस्रो खेल एथ्लेटिक क्लबको मैदानमा खेल्नेछ।
पछिल्लो खेलमा बार्सिलोना रियलमाथि हावी भएको छ। भर्खरै सकिएको सुपर कपको फाइनलमा रियललाई ३–१ को हराउँदै बार्सिलोनाले ट्रफी उचालेको छ। उता ला–लिगामा पनि बार्सिलोनाले रियललाई ५ अंकले पछि पार्दै शीर्ष स्थानको अग्रता बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।