• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

२०७४ सालको निर्वाचनका मुद्दा, अझै संवैधानिक इजलासको पेसीमा!

64x64
नेपाल लाइभ बुधबार, माघ ४, २०७९  १३:१५
1140x725

काठमाडौं– गत मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएर देशमा नयाँ सरकार बनिसक्यो। प्रदेशहरुमा पनि सरकार बनिसके। बुधबार प्रतिनिधि सभाका लागि सभामुखको निर्वाचन हुँदैछ। देश एउटा राजनीतिक कोर्समा अगाडि बढिरहेको छ। 

तर, सर्वोच्च अदालतमा कतिपय यस्ता मुद्दा छन्, जसको औचित्य सकिइसक्यो तर, अझैपनि सुनुवाइका लागि पेसी चढ्छन्। ती मुद्दा हुन्, २०७४ मा भएको निर्वाचनमा केही क्षेत्रको निर्वाचन बदर गर्न माग गरि सर्वोच्चमा दायर भएका। 

त्यसैमध्येको एक हो, नेकपा एमालेकी भवगती चौधरीले नेपाली कांग्रेसका विजयकुमार गच्छदार निर्वाचित हुने निर्णय बदर गर्न माग गर्दै दायर गरिएको मुद्दा। 

उनै चौधरी गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भइ मंगलबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री समेत बनिसकिनन्। उनले मंसिरको निर्वाचनमा उनै गच्छदारलाई पराजित गरेकी थिइन्।

जनताको प्रत्यक्ष मतद्वारा पहिलो पटक संसद् प्रवेश गरेकी उनी पहिलोलटमै मन्त्री बनिन्। यसअघि २०६४ को संविधानसभामा उनी समानुपातिक सांसद भएकी थिइन्। चौधरीले मंसिर ४ को निर्वाचनमा पटक–पटक उपप्रधानमन्त्री भएका र दर्जनौँपटक मन्त्री भएका गच्छदारलाई पराजित गरन्।

२०७४ सालमा गच्छदारसँग झिनो मतान्तरले पराजित भएपछि उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दायर गरिन्। एमालेका तर्फबाट सुनसरी क्षेत्र नम्बर ३ की उम्मेदवार चौधरीले सदर भएका मतपत्रलाई बदर गरिएको, अर्धकट्टीसहित बाकसमा फेला परेको, बदर हुनुपर्ने मत संकेतलाई सदर गरिएको, भिन्न स्वस्तिक छापको संकेतलाई सदर गरी निर्वाचित गरिएको भन्दै पुनः मतगणनाको माग गर्दै मुद्दा दर्ता गरेकी थिइन्। त्यतिबेला चौधरी गच्छदारसँग ३२१ मतले पराजित भएकी थिइन्।

तर, सर्वोच्चले प्रतिनिधि सभाको अघिल्लो कार्यकालभरी मुद्दा फैसला गरेन। बरु बुधबार मात्र  कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेको संवैधानिक इजलासमा पेसी तोकियो। 

कांग्रेसका युवा नेता प्रदीप पौडेल गत मंसिरकै निर्वाचनमा काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। तनहुँमा प्रत्यक्षतर्फ टिकट नपाएपछि उनी काठमाडौंकेन्द्रित भएका थिए। उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरे।

nimb
nimb

उनै पौडेलले २०७४ सालमा प्रदेश सभाको उम्मेदवार हुँदा दायर गरेको मुद्दा पनि बुधबार संवैधानिक इजलासको पेसीमा चढेको छ। संवैधानिक इजलासले सम्भवतः त्यसमा फैसला सुनाउने छ। उनी  नयाँ निर्वाचनमा भाग लिएर निर्वाचित भइसकेकाले अब उक्त रिटको औचित्य भने देखिँदैन। 

पौडेल २०७४ मा प्रदेश सभाका लागि तनहुँ–२ (क) बाट उम्मेदवार बनेका थिए। उनी माओवादी केन्द्रकी आशा कोइरालासँग जम्मा ५ मतले पराजित भएका थिए। उनले २०७४ साल पुस ६ गते मतगणना भइसकेको ४२ मतलाई फेरि गणना गरेर आफूलाई पराजित गराएको भन्दै सर्वोच्चमा पुनः मतगणनाको माग गर्दैै मुद्दा दर्ता गरेका थिए। 

मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा संखुवासभाबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का निर्वाचित भए। तर, उनले २०७४ सालमा पुनः मतगणनाको माग गर्दै दायर गरेको मुद्दा भने सर्वोच्चमा बाँकी नै रहेको छ। उक्त मुद्दा अन्तिम फैसलाका लागि बुधबार पेसीमा चढेको छ। 

आफ्ना पुराना प्रतिस्पर्धी एमालेका राजेन्द्र  गौतमलाई पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। खड्काले २०७४ साल पुस ३ गते संखुवासभा जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणनाका क्रममा बदर भएका मत सदर र सदर भएका मत बदर गराएकाले पुनः मतगणना गर्न माग गर्दै मुद्दा दर्ता गरेका थिए। खड्का एमालेका गौतमसँग १०४३ मतले पराजित भएका थिए।   

प्रत्यक्षतर्फ नै माओवादी केन्द्रबाट उम्मेदवार बनेर निर्वाचित भएका सुरेशचन्द्र दास भारतीय नागरिक रहेको भन्दै उनको सांसद पद खारेजीको माग गर्दै २०७४ साल फागुन २० गते दुर्गानन्द चौधरीले हालेको मुद्दा पनि अझै विचाराधीन छ। चौधरीले भारतको बिहारस्थित दरभंगा घर भएका दाससँग भारतीय ‘आईएजी ०३७३१८३’ नम्बरको मतदाता नामावली रहेको दाबी मुद्दामा गरेका थिए। माओवादी केन्द्रका दासले तत्कालीन संघीय समाजवादी फोरमका शत्रुधनप्रसाद सिंहलाई २८८८ मतले पराजित गरेका थिए। 

पिछडिएको क्षेत्रबाट समानुपातिक उम्मेदवार रहेका तत्कालीन समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहले पिछडिएको क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित गरीपाउँ भन्ने माग राख्दै २०७४ साल फागुन ६ गते निर्वाचन आयोगलाई विपक्ष बनाएर मुद्दा दर्ता गरेका थिए।

पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुनेगरी सूची पेस गरेकोलाई ध्यान नदिई सो कोटामा निर्वाचित भएको घोषणा नगर्ने निर्वाचन आयोगको परिणामलाई हदसम्म बदर गरी आफूलाई पिछडिएको क्षेत्रबाट निर्वाचित घोषणा गर्न उनको माग थियो। 

संवैधानिक इजलासमा २०७४ सालको निर्वाचनका यस्तै विवादमा १४ थान मुद्दा पेसीमा चढेका छन्। यी अधिकांश निवेदनको औचित्य समाप्त भइसकेको छ। विगतमा पनि यस्तै मुद्दाहरु औचित्य समाप्त भएपछि सुनुवाइ गरेर एकमुष्ट खारेज भएका थिए।

यसपटक पनि त्यसैगरी खारेज हुने सर्वोच्च अदालतले जनाएको छ। नयाँ निर्वाचन भएर ती घटनाहरुको सन्र्दभ र औचित्य समेत समाप्त भएकाले अब लगत कट्टा गर्नका लागि मात्र अदालतले सुनुवाइ गर्नुपर्ने भएको हुदाँ ती रिटहरु पेसीमा चढेको बताइएको छ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मियामीको जितमा मेसीको ४ गोल
बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरिन थाले अस्पतालका भित्ता (तस्बिर)
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनाका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा राहत शिविर सञ्... शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
मियामीको जितमा मेसीको ४ गोल आइतबार, भदौ १४, २०८३
बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरिन थाले अस्पतालका भित्ता (तस्बिर) आइतबार, भदौ १४, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
स्वास्थ्यमन्त्री भन्छिन्– शव गाड्नु नष्ट गर्नु होइन, संरक्षण गर्नु हो आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एमएडब्लू ग्रुपद्वारा १ करोड ११ लाख सहयोग आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्