काठमाडौं– आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव नेपाल आइपुगेका छन् । उनी दिल्लीबाट विशेष चार्टर उडानमार्फत नेपाल आइपुगेका छन् । उनको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमान आज नयाँ दिल्ली पुगेको थियो ।
सद्गुरु हरेक वर्ष नेपाल भ्रमणमा आउादा यती एअरलाइन्सको चार्टर सेवामार्फत यात्रा गर्दै आएका छन् । सद्गुरुको नेपाल भ्रमणलाई उनका अनुयायी तथा आध्यात्मिक क्षेत्रका व्यत्तिहरूले विशेष चासोका साथ हेर्ने गरेका छन् । नेपालमा रहँदा उनले विभिन्न आध्यात्मिक कार्यक्रम तथा गतिविधिमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
यती एअरलाइन्सले यात्रु सेवासागै आवश्यकता र मागअनुसार विशेष तथा चार्टर उडान सेवा पनि सञ्चालन गर्दै आएको छ । देश तथा विदेशका विभिन्न गन्तव्यमा चार्टर उडानमार्फत सेवा प्रदान गर्दै आएको यती एअरलाइन्सले विशेष व्यक्तित्व, संस्थागत तथा समूहगत यात्राका लागि पनि सुरक्षित, भरपर्दो र सुविधाजनक हवाई सेवा उपलब्ध गराउँदै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।