धनगढी– कञ्चनपुरमा नेपाल प्रहरीले दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
शनिबार दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका असईसहितका दुई जना इलाका प्रहरी कार्यालय दोधाराचाँदनीले नियन्त्रणमा लिएको हो ।
उनीहरु बलात्कार मुद्दाका आरोपी दोधाराचाँदनीकै शंकर लुहारलाई पक्राउ गर्ने भन्दै उनको घरमा पुगेका बेला नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसरी अनुमतिबिनै नेपालभित्र पसेर नेपाली नागरिक पक्राउ गर्न खोजेको सूचना पाएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले उनीहरुलाई इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको नियन्त्रणमा राखिएको पुष्टि गरे । उनकाअनुसार घटनाबारे माथिल्लो निकायमा जानकारी गराइएको छ । माथिल्लो निकायबाट आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतकाअनुसार नेपाल प्रहरीसँगको समन्वय र पूर्व जानकारी बिना नेपाली भूमीमा प्रवेश गर्नेमा कर्नाटक प्रहरीका असई सतिश एमआर र जवान अल्फाब आरएस छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।