काठमाडौं– भोटेकोशी क्षेत्रमा भएको ठूलो मानवीय विपत्तिप्रति दुःख व्यक्त गर्दै एमएडब्लू ग्रुपले १ करोड ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
ग्रुपले विपद्को कठिन घडीमा पीडित नागरिकसँगै उभिनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल सहयोग आवश्यक रहेको भन्दै एमएडब्लू ग्रुपले बाढी प्रभावित परिवार तथा समुदायको सहयोगका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको हो।
ग्रुपले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि आगामी दिनमा पनि सक्दो सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार तथा राहतका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग घोषणा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।