काठमाडौं– रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा परिवारजनले अस्पतालका भित्तामा उनीहरूका तस्बिर टाँसेका छन्।
बाढीमा हराएका आफन्तको खोजीका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालका भित्ताहरू अहिले बेपत्ता व्यक्तिका तस्बिरले भरिएका छन्।
बाढी आएको दुई–तीन दिनदेखि नै आफन्त तथा परिवारजन अस्पताल पुगेर आफ्ना बेपत्ता सदस्यका तस्बिर टाँस्दै खोजी गरिरहेका छन्। उनीहरू अस्पतालमा आउने शव तथा घाइतेमध्ये आफ्ना आफन्तको पहिचान हुन सक्ने आशामा दिनरात खोजीमा जुटेका छन्।
हालसम्म २ हजार ४ सयभन्दा बढी व्यक्ति हराएको विवरण दर्ता भएको जनाइएको छ।
तस्बिरहरू :









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।