काठमाडौं। लिओनल मेसीले मेजर लिग सकर (एमएलएस) करिअरमा पहिलोपल्ट चार गोल र एक असिस्ट गरेका छन्।
योसँगै इन्टर मियामीले आइतबार बिहान सम्पन्न खेलमा सीएफ मोन्ट्रियललाई ७–१ को फराकिलो अन्तरले पराजित गरेको छ। जुलाईको अन्त्यमा मोन्ट्रियललाई उसकै मैदानमा १–० ले हराएपछि मियामीको यो पहिलोपटक जित हो।
जितसँगै मियामीले मोन्ट्रियलविरुद्ध लगातार पाँचौं जित हात पारेको छ। अगस्ट महिनामा भने टोलीले एक जित, दुई हार र दुई बराबरीको नतिजा निकाल्यो।
मेसीले खेलको दोस्रो हाफमा लगातार तीन गोल गर्दै आफ्नो चार गोल पूरा गरे। उनले खेलको ४०औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै मियामीलाई २–१ को अग्रता दिलाएका थिए। यो सिजन उनको १५औं गोल थियो।
त्यसपछि ५२औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–१ बनाए। उनले ८३औं मिनेटमा तेस्रो तथा इन्जुरी टाइमको छैटौं मिनेटमा चौथो गोल गरे।
मियामीका लागि कार्लोस कासेमिरोले २०औं मिनेटमा टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। यो ३४ वर्षीय मिडफिल्डरको सिजनको पहिलो लिग गोल थियो।
मोन्ट्रियलले ३७औं मिनेटमा फाबियन हर्बर्सको गोलमार्फत खेल १–१ मा ल्याएको थियो। तर‚ दोस्रो हाफमा मियामीले मोन्ट्रियलमाथि पूर्ण नियन्त्रण जमायो।
लुइस सुआरेजले ८०औं मिनेटमा मेसीको असिस्टमा गोल गर्दै स्कोर ४–१ बनाए। १८ वर्षीय नवोदित खेलाडी अलेक्जान्डर शाले ८९औं मिनेटमा गोल गर्दै मियामीको अग्रता ६–१ बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।