• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ?

64x64
नेपाल लाइभ शनिबार, भदौ १३, २०८३  २१:५४
1140x725

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदका लागि तीन जना उम्मेदवार छोटो सूचीमा परेसँगै प्रतिष्ठानको आगामी नेतृत्वका विषयमा चासो बढेको छ । प्रतिष्ठानको पदाधिकारी छनोट तथा सिफारिस समितिले सार्वजनिक गरेको सूचनाअनुसार रजिष्ट्रार पदका लागि छोटो सूचीमा महेन्द्र बहादुर शाही, प्रकाश चन्द्र खत्री र प्रेम प्रसाद पन्त परेका छन् । अब यी तीनै उम्मेदवारले प्रस्तुतीकरण तथा अन्तर्वार्तामार्फत आफ्नो योग्यता, अनुभव र प्रतिष्ठानलाई अगाडि बढाउने कार्ययोजना प्रस्तुत गर्नेछन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदलाई सामान्य प्रशासनिक जिम्मेवारीका रुपमा मात्र बुझ्नु उपयुक्त हुँदैन । रजिष्ट्रार प्रतिष्ठानको प्रशासनिक संरचनाको महत्वपूर्ण नेतृत्व तहमा रहने भएकाले संस्थाको शैक्षिक कार्यक्रम, कर्मचारी व्यवस्थापन, आर्थिक तथा प्रशासनिक प्रणाली, विश्वविद्यालय तथा नियामक निकायसँगको समन्वय, अनुसन्धान, विद्यार्थी व्यवस्थापन र संस्थागत विकासमा उसको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले अहिलेको रजिष्ट्रार छनोट प्रतिष्ठानका लागि नियमित पदपूर्ति मात्र नभएर आगामी दिनमा प्रतिष्ठान कुन दिशाबाट अघि बढ्ने भन्ने विषयसँग पनि जोडिएको छ ।

तीनै जना उम्मेदवारको व्यावसायिक पृष्ठभूमि हेर्दा उनीहरुको अनुभवको क्षेत्र फरक फरक देखिन्छ । महेन्द्र बहादुर शाही लामो वित्त तथा प्रशासनको क्षेत्रमा काम गर्दै आएका र हाल प्रतिष्ठानकै वित्त प्रमुखका रुपमा कार्यरत व्यक्ति हुन् । प्रेम प्रसाद पन्त स्वास्थ्य विज्ञान शिक्षण क्षेत्रमा लामो समयदेखि संलग्न रहेका र हाल किष्ट मेडिकल कलेजमा सहप्राध्यापकका रुपमा कार्यरत व्यक्ति हुन् । उनी बायोस्टाटिस्टिक्स विषयको अध्ययन अध्यापनसँग लामो समयदेखि जोडिएका छन् । अर्कोतर्फ प्रकाश चन्द्र खत्री उच्च शिक्षा, शैक्षिक प्रशासन, संस्थागत नेतृत्व र अनुसन्धानको क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन् ।

यसरी हेर्दा तीनै उम्मेदवारका आफ्नै विशेषता छन् । त्यसैले अब प्रश्न केवल को योग्य छ भन्ने होइन, प्रतिष्ठानलाई अहिले कस्तो नेतृत्व आवश्यक छ र आगामी दिनमा प्रतिष्ठानलाई कुन दिशामा लैजानुपर्ने हो भन्ने आधारमा कसको अनुभव बढी उपयोगी हुन सक्छ भन्ने हो ।

महेन्द्र बहादुर शाहीको बलियो पक्ष : वित्तीय तथा प्रशासनिक व्यवस्थापन र पटक–पटक विवाद

महेन्द्र बहादुर शाही प्रतिष्ठानभित्रै वित्त प्रमुखका रूपमा काम गर्दै आएका छन्। उपलब्ध विवरणअनुसार उनी २०७६ सालदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवौँ तहका करार वित्त प्रमुखका रुपमा कार्यरत थिए भने उनी स्थायी भएकाे एक वर्ष हुनथालेका छ।  वार्षिक बजेट निर्माण, आय तथा व्ययको अभिलेख, आन्तरिक नियन्त्रण, लेखापरीक्षण, सार्वजनिक खरिद, बजेट कार्यान्वयन, कर तथा भ्याट, कर्मचारीको तलब व्यवस्थापन र वित्तीय प्रतिवेदन तयार गर्ने लगायतका जिम्मेवारीमा उनको प्रत्यक्ष अनुभव रहेको देखिन्छ । 

प्रतिष्ठानकै वित्त प्रमुखका रुपमा काम गरिरहेका कारण प्रतिष्ठानको आर्थिक अवस्था, बजेट कार्यान्वयन, लेखापरीक्षणका विषय, वित्तीय प्रक्रिया तथा संस्थाभित्र देखिएका आर्थिक र प्रशासनिक चुनौतीबारे उनको प्रत्यक्ष अनुभव हुनु उनको महत्वपूर्ण पक्ष हो । बाहिरबाट संस्थामा प्रवेश गर्ने व्यक्तिको तुलनामा संस्थाको वित्तीय प्रणालीलाई नजिकबाट बुझेको व्यक्ति भएकाले आर्थिक व्यवस्थापनमा तत्काल काम गर्न सक्ने सम्भावना शाहीमा देखिन्छ । 

यसअघि पनि उनले वित्त तथा प्रशासनसम्बन्धी विभिन्न जिम्मेवारी सम्हालेका छन् । बजेट व्यवस्थापनसँगै प्रशासन, मानव संसाधन, खरिद, सम्पत्ति व्यवस्थापन, कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन, क्षमता विकास र विभिन्न निकायसँग समन्वय गर्ने जिम्मेवारीमा पनि काम गरेको उनको बायोडाटाबाट देखिन्छ । तर उनी प्रतिष्ठानमा भने विवादित पात्र हुन् । उनी करारबाट स्थायी हुँदा पनि लाेकसेवाबाट विज्ञापन हुँदा नवाैं तहमा खुलाबाट प्रवेश गर्दा आफूलाई मात्रै मिल्ने याेग्यता, अनुभव, उमेरहद लगायतका विषयहरूमा व्यापक चलखेल गरेर आफ्नाे मात्रै दरखास्त स्वीकृत हुनेगरी दरखास्त फारम हेर्ने समितिमा आफैं बसेर अन्य परीक्षाथीलाई सामेल हुन नदिई एकल परीक्षार्थी भएर स्थायी भएकाे विवाद कायमै छ।

Ncell 2
Ncell 2
nimb
nimb

अन्य परीक्षार्थीले परीक्षामा सामेल हुन पाउनुपर्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेकै अवस्थामा छ । यस्तै यस पटक पनि उनी प्रतिष्ठानकाे पदाधिकारी नियुक्तिकाे कार्यविधि निर्माणका क्रमदेखि नै विवादित पात्र हुन् । प्रतिष्ठानका उपकुलपति सुर्यमान म्याग्ङवाेले हुवहु शाहीलाई मिल्नेगरी कार्यविधि ल्याएको आरोप छ । याे विषय पहिले पनि सञ्चारमाध्यमहरूमा आइसकेकाे विषय हाे ।

तर रजिष्ट्रारको जिम्मेवारी वित्त व्यवस्थापनमा मात्र सीमित हुँदैन । प्रतिष्ठान स्वास्थ्य विज्ञानको शैक्षिक संस्था भएकाले शैक्षिक कार्यक्रमको विस्तार, विद्यार्थी संख्या वृद्धि, शिक्षक व्यवस्थापन, अनुसन्धान र उच्च शिक्षा प्रशासन पनि रजिष्ट्रारको जिम्मेवारीको महत्त्वपूर्ण हिस्सा हो । त्यसैले वित्तीय अनुभवसँगै शैक्षिक संस्थाको समग्र नेतृत्व गरेको अनुभवलाई पनि छनोटको क्रममा महत्त्व दिनुपर्ने देखिन्छ ।

प्रेम प्रसाद पन्तको बलियो पक्ष : स्वास्थ्य विज्ञान शिक्षा र बायोस्टाटिस्टिक्स

प्रेम प्रसाद पन्त तीन जना छोटो सूचीमा परेका उम्मेदवारमध्ये स्वास्थ्य विज्ञान शिक्षणको प्रत्यक्ष अनुभव भएका उम्मेदवारका रुपमा देखिन्छन् । हाल उनी किष्ट मेडिकल कलेजमा सहप्राध्यापकका रुपमा कार्यरत छन् र लामो समयदेखि बायोस्टाटिस्टिक्स विषयको अध्ययन तथा अध्यापन गर्दै आएका छन् ।

स्वास्थ्य विज्ञान शिक्षामा बायोस्टाटिस्टिक्सको आफ्नै महत्त्व हुन्छ । स्वास्थ्य अनुसन्धानमा प्राप्त तथ्याङ्कलाई वैज्ञानिक रुपमा विश्लेषण गर्ने, अनुसन्धानको नतिजालाई प्रमाणमा आधारित बनाउने तथा स्वास्थ्यसम्बन्धी अनुसन्धानको वैज्ञानिक पक्षलाई मजबुत बनाउने काममा यस विषयको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले बायोस्टाटिस्टिक्समा लामो समय अध्यापन गरेका पन्तसँग स्वास्थ्य विज्ञान शिक्षण र अनुसन्धानको एउटा महत्वपूर्ण पक्षको प्रत्यक्ष अनुभव रहेको मान्न सकिन्छ ।

किष्ट मेडिकल कलेजमा सहप्राध्यापकका रुपमा काम गरिरहेको अनुभवले उनलाई स्वास्थ्य विज्ञान शिक्षण संस्थाको शैक्षिक वातावरणसँग निरन्तर जोडेको छ । चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी, शिक्षक, अनुसन्धान र शैक्षिक प्रक्रियासँग लामो समयदेखि काम गरिरहेकाले स्वास्थ्य विज्ञान शिक्षाको प्रकृति बुझ्ने उनको आधार बलियो देखिन्छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी दिनमा अनुसन्धानलाई प्राथमिकता दिने, अनुसन्धानको गुणस्तर बढाउने र स्वास्थ्य विज्ञानका शैक्षिक कार्यक्रमलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएमा पन्तको अनुभव उपयोगी हुन सक्छ । विशेषगरी अनुसन्धानमा तथ्याङ्कको प्रयोग, अनुसन्धान विधि र स्वास्थ्य विज्ञानको शैक्षिक वातावरणका विषयमा उनको अनुभव प्रतिष्ठानका लागि महत्वपूर्ण बन्न सक्छ ।

तर रजिष्ट्रारले एउटा शैक्षिक विषयको नेतृत्व मात्र गर्ने होइन, सम्पूर्ण प्रतिष्ठानको प्रशासनिक र संस्थागत संयन्त्रलाई सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसैले पन्तको हकमा स्वास्थ्य विज्ञान शिक्षणको अनुभवसँगै संस्थागत प्रशासन, कर्मचारी व्यवस्थापन, आर्थिक व्यवस्थापन, नीति कार्यान्वयन र समग्र संस्थागत नेतृत्व गर्ने क्षमतालाई पनि छनोटको क्रममा हेर्नुपर्ने हुन्छ ।

यस अर्थमा पन्त प्रतिष्ठानका लागि स्वास्थ्य विज्ञान शिक्षा र अनुसन्धानको दृष्टिले महत्वपूर्ण सम्भावना बोकेका उम्मेदवारका रुपमा देखिन्छन् ।

प्रकाश चन्द्र खत्रीको फरक पहिचान : उच्च शिक्षा प्रशासन र संस्थागत नेतृत्व

प्रकाश चन्द्र खत्रीको व्यावसायिक पृष्ठभूमि भने उच्च शिक्षा र शैक्षिक प्रशासनमा केन्द्रित देखिन्छ । उनी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत जुम्ला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखका रुपमा कार्यरत छन् । यसअघि पनि उनले सोही क्याम्पसमा सहायक क्याम्पस प्रमुख तथा क्याम्पस प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका छन् । उनको व्यावसायिक अनुभव दुई दशकभन्दा बढी समय उच्च शिक्षा क्षेत्रमा फैलिएको छ ।

खत्रीको अनुभवको सबैभन्दा महत्वपूर्ण पक्ष उनी लामो समयदेखि अध्यापनसँगै शैक्षिक प्रशासनमा पनि संलग्न रहनु हो । क्याम्पस प्रमुखका रुपमा उनले संस्थाको दैनिक प्रशासनिक तथा शैक्षिक सञ्चालन, संस्थागत विकास योजना, स्रोत व्यवस्थापन, विश्वविद्यालय तथा सरकारी निकायसँग समन्वय र कर्मचारी तथा विद्यार्थीसम्बन्धी विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरेको विवरण उनको बायोडाटामा उल्लेख छ । उनले सहायक क्याम्पस प्रमुखका रुपमा पाठ्यक्रम कार्यान्वयन, परीक्षा तथा विद्यार्थी मूल्याङ्कन, शिक्षक समन्वय र शैक्षिक गुणस्तर सुधारका क्षेत्रमा काम गरेका छन् ।

यसले खत्रीको अनुभवलाई केवल प्राध्यापनको अनुभवमा सीमित गर्दैन । उनको अनुभवमा कक्षा शिक्षणदेखि संस्थागत प्रशासन, शैक्षिक कार्यक्रम सञ्चालनदेखि शिक्षक व्यवस्थापन र संस्थागत योजनादेखि विश्वविद्यालय तथा सरकारी निकायसँगको समन्वयसम्मका पक्ष जोडिएका छन् । खत्री सन् २००३ देखि जुम्ला बहुमुखी क्याम्पसमा नेपाली शिक्षा विषयका सहायक प्राध्यापकका रुपमा कार्यरत रहेको विवरणमा उल्लेख छ । उनले पाठ्यक्रम तथा शिक्षण सामग्री विकास, अनुसन्धान विधि, नेपाली भाषा तथा साहित्यको अध्यापन र शैक्षिक अनुसन्धानमा काम गरेका छन् ।

उनको शैक्षिक योग्यता पनि शिक्षा क्षेत्रमा केन्द्रित छ । उनले नेपाली शिक्षा विषयमा एमफिल गरेका छन् र पीएचडीको शोधप्रबन्धको मस्यौदा पेश गरेको विवरण छ ।

यससँगै उनको अनुसन्धान अनुभव पनि उल्लेखनीय छ । उनले विश्वविद्यालय अनुदान आयोग, भाषा आयोगलगायतका निकायसँग सम्बन्धित अनुसन्धान परियोजनामा प्रमुख अनुसन्धानकर्ताका रुपमा काम गरेका छन् । जुम्ली तथा खस भाषा अध्ययन, जुम्ली भाषाको व्याकरण निर्माण र शब्द तथा ध्वनि अध्ययनजस्ता अनुसन्धानमा उनले नेतृत्व गरेको विवरण उपलब्ध छ ।

यसरी हेर्दा खत्रीको अनुभव शिक्षण, उच्च शिक्षा प्रशासन, संस्थागत नेतृत्व, अनुसन्धान र शैक्षिक कार्यक्रम व्यवस्थापनको संयोजनमा आधारित देखिन्छ ।

तीन उम्मेदवारहरुबीचको भिन्नता

तीनै उम्मेदवारलाई एउटै दृष्टिकोणबाट हेर्नुभन्दा उनीहरुको अनुभव र प्रतिष्ठानको आवश्यकतालाई जोडेर हेर्नु उपयुक्त हुन्छ । महेन्द्र बहादुर शाही वित्तीय व्यवस्थापन र प्रशासनका अनुभवी व्यक्ति हुन् । उनी प्रतिष्ठानकै वित्तीय प्रणालीसँग प्रत्यक्ष रुपमा जोडिएका छन् । त्यसैले आर्थिक अनुशासन, बजेट, लेखा, आन्तरिक नियन्त्रण र प्रशासनिक व्यवस्थापनका क्षेत्रमा उनको अनुभव महत्वपूर्ण छ ।

प्रेम प्रसाद पन्त स्वास्थ्य विज्ञान शिक्षण तथा बायोस्टाटिस्टिक्सका अनुभवी प्राध्यापक हुन् । स्वास्थ्य विज्ञानको शैक्षिक वातावरण, अनुसन्धान र तथ्याङ्कमा आधारित अध्ययनका क्षेत्रमा उनको लामो अनुभव रहेको छ । त्यसैले प्रतिष्ठानको अनुसन्धान र स्वास्थ्य विज्ञान शिक्षण पक्षमा उनको योगदान महत्वपूर्ण हुन सक्छ ।

प्रकाश चन्द्र खत्री भने लामो समयदेखि उच्च शिक्षा क्षेत्रमा काम गर्दै आएका शैक्षिक प्रशासक हुन् । उनको अनुभवमा अध्यापन मात्र नभएर क्याम्पस नेतृत्व, शैक्षिक कार्यक्रम व्यवस्थापन, प्रशासन, संस्थागत योजना, अनुसन्धान र विश्वविद्यालय तथा सरकारी निकायसँगको समन्वय समावेश छ ।

यसरी हेर्दा तीनै जनाको अनुभव प्रतिष्ठानका लागि फरक फरक क्षेत्रमा उपयोगी देखिन्छ । प्रश्न अब कुन अनुभव प्रतिष्ठानको आगामी आवश्यकतासँग बढी मिल्छ भन्ने हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिलेको अवस्थामा अस्पताल मात्र होइन । यो स्वास्थ्य विज्ञान शिक्षा प्रदान गर्ने प्रतिष्ठान पनि हो । त्यसैले प्रतिष्ठानको भविष्य अस्पताल सेवा र शैक्षिक कार्यक्रम दुवैको विकाससँग जोडिएको छ ।

अस्पताल सञ्चालनबाट प्रतिष्ठानलाई नियमित आम्दानी प्राप्त हुन्छ । तर अस्पतालको सञ्चालनसँगै औषधि, उपकरण, जनशक्ति, पूर्वाधार र अन्य सञ्चालन खर्च पनि बढ्दै जान्छ । त्यसैले अस्पतालबाट प्राप्त हुने आम्दानीलाई मात्र प्रतिष्ठानको दीर्घकालीन आर्थिक आत्मनिर्भरताको आधार बनाउनु पर्याप्त नहुन सक्छ ।

प्रतिष्ठानको अर्को महत्वपूर्ण सम्भावना शिक्षा र अनुसन्धान हो । नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकियो, विद्यार्थी संख्या बढाउन सकियो, गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादन गर्न सकियो र अनुसन्धान तथा अनुसन्धानमा आधारित सहकार्य विस्तार गर्न सकियो भने प्रतिष्ठानको शैक्षिक र आर्थिक आधार दुवै बलियो बन्न सक्छ ।

त्यसैले आगामी रजिष्ट्रारले अस्पतालको प्रशासन बुझ्नुका साथै शैक्षिक कार्यक्रम कसरी विस्तार गर्ने, विद्यार्थी कसरी आकर्षित गर्ने, शिक्षक तथा शैक्षिक जनशक्ति कसरी व्यवस्थापन गर्ने, अनुसन्धान कसरी बढाउने र विश्वविद्यालयस्तरीय संस्थाको प्रशासन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा स्पष्ट दृष्टिकोण राख्नुपर्ने देखिन्छ ।

प्रतिष्ठानको आत्मनिर्भरता र शैक्षिक विस्तार

आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका लागि अस्पतालको सेवा विस्तारसँगै शैक्षिक कार्यक्रम विस्तारलाई पनि प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।

यदि प्रतिष्ठानले स्वास्थ्य विज्ञानका थप शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्छ, विद्यार्थी आकर्षित गर्न सक्छ, अनुसन्धानका अवसर विस्तार गर्न सक्छ र देश तथा विदेशका विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग सहकार्य गर्न सक्छ भने प्रतिष्ठानको पहिचान विस्तार हुने मात्र होइन, दीर्घकालीन रुपमा स्रोत परिचालन गर्ने सम्भावना पनि बढ्न सक्छ ।

यस्तो अवस्थामा रजिष्ट्रारको शैक्षिक प्रशासनसम्बन्धी अनुभवले ठूलो भूमिका खेल्न सक्छ । शैक्षिक कार्यक्रम विस्तार कागजमा योजना बनाएर मात्र सम्भव हुँदैन । त्यसका लागि पाठ्यक्रम, शिक्षक, विद्यार्थी, परीक्षा, सम्बन्धन, नियामक निकाय, पूर्वाधार, बजेट र संस्थागत समन्वय सबै पक्ष एकसाथ व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

निर्णय योग्यता र कार्ययोजनाका आधारमा हुनुपर्ने

रजिष्ट्रार पदमा कसलाई नियुक्त गर्ने भन्ने निर्णय अन्ततः सम्बन्धित छनोट तथा सिफारिस समितिले उम्मेदवारहरुको योग्यता, अनुभव, प्रस्तुतीकरण, अन्तर्वार्ता र कार्ययोजनाको मूल्याङ्कनका आधारमा गर्ने विषय हो । त्यसैले कुनै उम्मेदवारलाई केवल व्यक्तिगत सम्बन्ध वा एउटा क्षेत्रमा रहेको अनुभवका आधारमा अघि बढाउनु भन्दा प्रतिष्ठानको दीर्घकालीन आवश्यकता हेर्नु महत्वपूर्ण हुन्छ ।

महेन्द्र बहादुर शाहीसँग प्रतिष्ठानकै वित्तीय प्रणाली बुझेको बलियो अनुभव छ तर उनी पटक पटक विवादमा पर्दै आएका छन् । प्रेम प्रसाद पन्तसँग स्वास्थ्य विज्ञान शिक्षण र बायोस्टाटिस्टिक्सको लामो शैक्षिक अनुभव छ । प्रकाश चन्द्र खत्रीसँग उच्च शिक्षा प्रशासन, संस्थागत नेतृत्व, शैक्षिक कार्यक्रम व्यवस्थापन र अनुसन्धानको लामो अनुभव छ ।

तीनै उम्मेदवारका आ–आफ्ना बलिया पक्ष रहेकाले अन्तिम छनोटमा यी अनुभवमध्ये प्रतिष्ठानलाई अहिले सबैभन्दा बढी आवश्यक पर्ने पक्ष कुन हो भन्ने विषय महत्वपूर्ण बन्नेछ ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  २१:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चौलानी पहिरो : उच्च जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारियो
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ फेरिए (सूचीसहित)
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द
सम्बन्धित सामग्री
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबै... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
चौलानी पहिरो : उच्च जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारियो शुक्रबार, भदौ १९, २०८३
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ फेरिए (सूचीसहित) शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए? शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : राहत, उद्धार र पुनर्स्थापनाका लागि अहिलेसम्म कति देशबाट आयो सहयोग? शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्