सुनसहित पक्राउका लागि चलाइएको अप्रेशनको निर्देशन दिने एसएसपी सन्तोष खड्का
काठमाडौं– अपराध अनुसन्धान कार्यालय काठमाडौंले असनमा अपरेशन चलाएर डेढ किलो सुनसहित भारतीय गिरोह एक सदस्यलाई समातेको छ ।
अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले लामो निगरानीपछि सुनसहित भारतीय नागरिक मणिक दासलाई समातेको हो । उनीबाट १ किलो ४ सय ग्राम सुन बरामद भएको छ ।
यसका साथै साढे ७ लाख नगद पनि बरामद गरिएको छ । तस्करीको सुन ल्याएर गाल्ने र बिक्री वितरण गर्ने सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको निर्देशनमा यो अपरेशन भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।