• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मेसीको बिदाईपछि भोकाएको बार्सिलोना र तिर्खाएका जाभीलाई पहिलो ट्रफी!

64x64
नेपाल लाइभ सोमबार, माघ २, २०७९  २०:०७
1140x725

काठमाडौं– स्टार खेलाडी लियोनल मेसीले बार्सिलोना छाडेपछि कठिन अवस्थाबाट गुज्रिएको बार्सिलोनाले सोमबार उपाधिको खडेरी तोड्यो। स्पेनिस सुपर कपको उपाधि भिडन्तमा उत्रिएको बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गर्दै ट्रफीको खडेरी तोड्न सफल भयो।

बार्सिलोनालाको जितमा गाभी, लेवान्डोस्की र पेड्रीले गोल गरे। खेलमा एकछत्र दबदबा बनाएको बार्सिलोनाको सामु मड्रिड फिक्का साबित भयो।

बार्सिलोनाका लागि यो उपाधि भने निकै महत्त्वपूर्ण रह्यो। क्लब, प्रशिक्षक, खेलाडी र फ्यान सबैका लागि यो उपाधि निकै यादगार रहनेछ। बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि जाभी हर्नान्डेजले पहिलो उपाधि हात पारे। 

पछिल्लो केही सिजनदेखि स्तब्ध भएको टोली र रोनाल्ड कोम्यानको दोस्रो सिजनको मध्यतिर जाभी बार्सिलोनाका प्रशिक्षकको रुपमा नियुक्त भएका थिए। लामो प्रयास र छलफलपछि बार्सिलोनाले आफ्ना पूर्वखेलाडी समेत रहेका जाभीलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो। रोनाल्ड कोम्यानको ठाउँमा आएका जाभीले टिममा केही सुधार ल्याए पनि पहिलो सिजन उपाधिविहिन नै भएको थियो। 

अन्ततः प्रशिक्षकको जिम्मेवारी सम्हालेको ४२१ दिनपछि बार्सिलोनालाई ट्रफी दिलाउन जाभी सफल भए। 

साउदी अरबको रियादस्थित किङ फहद स्टेडियममा भएको खेलमा जाभीको टिमले उत्कृष्ट प्रदर्शन गरेको थियो। जाभीले यस प्रतियोगितामा उपाधि लिएको यो पहिलो पटक भने होइन। बार्सिलोनाबाटै खेल्दा अन्य २६ ट्रफीसहित जाभीले ६ पटक स्पेनिस सुपर कपको उपाधि उचालेका थिए। 

यो जित बार्सिलोनाका लागि खास बनेको छ। विगत केही वर्षदेखि उपाधिले भोकाएको बार्सिलानाका लागि यो जितले एउटा ऊर्जा थपेको छ। जाभीले बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी लिएपछि क्याम्प नोउमा नयाँ प्रकारको अपेक्षा गरिएको थियो। बार्सिलोना आफ्नो पुरानो लयमा फर्कने र उत्कृष्ट खेल खेल्ने अपेक्षा थियो। अझ त्यो भन्दा बढी आफ्ना स्टार खेलाडी लियोनल मेसीले छाडेपछि थपिएको उपाधिको खेडेरी तोडिने अपेक्षा गरिएको थियो। जुन अपेक्षा पूरा गर्ने सुरुआत सुपर कपबाट भयो।

बार्सिलोनाका लागि सुपर कप उपाधि पहिलो नभए पनि बार्सिलोनाका धेरै खेलाडीका लागि यो उपाधि पहिलो हो। जसमा यान्की पिना, अलेजान्ड्रो बाल्डे, बेल्लिरिन, क्रिस्टिनसन, मार्कोस अलोन्सो, जुलुस कुन्डे, एरिक ग्रासिया,  केसेई, गाभी, रोबर्टो लेवान्डोस्की, फेरान टोरेस, अर्नाउ टेनास, मेम्फिस डिपाए, राफिन्हाका लागि यो पहिलो ट्रफी हो। 

Ncell 2
Ncell 2
nimb
nimb

सुपर कपको उपाधि उचालेको बार्सिलोना ला–लिगाको टेबलमा पनि रियल मड्रिडलाई ३ अंकले पछि पार्दै शीर्ष स्थानमा छ। जसकारण क्लबको म्युजियममा अर्को ट्रफी पनि थपिन सक्ने विश्वास बार्सिलोनाले लिएको छ। 

तोडियो खडेरी
लामो समयसम्म बार्सिलोना उपाधिबिहिन भयो। जाभी सुरुमै च्याम्पियन्स लिगको खराब स्थितिसँग जुध्न पुगे। त्यसमा उनको जिम्मेवारी न्यून थियो। किनभने जाभीले जिम्मेवारी सम्हाल्दा टोली लगभग आउट हुने अवस्थामा पुगिसकेको थियो। 

त्यसपछि अप्रत्याशित रुपमा बार्सिलोनाका लागि उपाधिहरु हराउन थाले। पहिलो हार सुपर कप थियो त्यो पनि रियल मड्रिडविरुद्ध नै।

जाभी आएपछि नै बार्सिलोना ‘कोपा डेल रे’को उपाधि होडबाट पनि बाहिरिएको थियो। ला–लिगामा खराब अवस्थामा गुज्रिएको बेलामा उपाधि रक्षाका लागि ‘कोपा डेल रे’ एउटा विकल्प थियो। तर, एथ्लेटिक क्लबसँग हार ब्यहोर्दै बाहिरिन पुग्यो।

सँगै च्यापिन्स लिगबाट घटुवा भएर युरोपा लिग खेलेको बार्सिलोना त्यसबाट पनि बाहिरिएको थियो।  जर्मन क्लब फ्रयांकफर्टले बार्सिलोनालाई स्तब्ध बनाएको थियो। 

Barcelona-win-super-cup1673878875.png

यो सिजन भने बार्सिलोनाले च्याम्पियन्स लिगको ट्रफी उचाल्ने लक्ष्यसहित टिम बनाएको थियो। रोबर्टो लेवान्डोस्की, राफिन्हा, कुण्डेजस्ता प्रतिभावान खेलाडीलाई अनुबन्धन गरेको बार्सिलोना सुखद सुरुआत पनि गरेको थियो। 

तर, जाभीले सोचेजस्तो भएन। यो सिजन पनि च्याम्पिन्स लिगबाट घटुवा हुँदै बार्सिलोना युरोपा लिगमा झर्‍यो। त्यसपछि प्रशिक्षक जाभीको ध्यान सुपर कपमा थियो। रियादमा उनले सोचे अनुसार नै भयो। यो सत्य हो कि यो नै सबैभन्दा ठूलो उपलब्धि होइन। तर, विपक्षी र खेलाडीको मनोभावका कारण पनि यो जित बार्सिलोनाका लागि निकै महत्त्वपूर्ण हो। यो उपाधि चिरपरिचित प्रतिद्वन्द्वी तथा च्याम्पिन्स लिग विजेतामाथिको थियो। 

रियल विरुद्धको खेलबाट धेरै सकारात्मक सन्देश बार्सिलोनाले प्राप्त गरेको छ। उनीहरुले सुरु गरेको ४–२–३–१ को फर्मेसनमा उनीहरु राम्रोसँग खेल्न सक्छन् भन्ने पुष्टि भएको छ। यो पोजिसनमा खेल्दा धेरै उत्कृष्ट अवसर समेत सिर्जना भएका थिए। 

उनीहरुले पछिल्लो केही खेलहरुका समस्या पनि पार गरे। विपक्षीलाई कुनै मौका दिएनन्। दोस्रो हाफको अन्त्यतिर भने विपक्षीले पनि केही अवसरहरु सिर्जना गरेका थिए।  

बार्सिलोनालाई १४ सुपर कप
बार्सिलोना यसअघि पनि सर्वाधिक सुपर कपको उपाधि जित्ने टिममा पर्छ। यसअघि बार्सिलोनाले १३ वटा सुपर कपको उपाधि उचालिसकेको छ। रियल मड्रिडले भने १२ वटा उपाधि उचालेको छ।

सोमबार खेलमा उपाधि जित्दै बार्सिलोनासँग बराबरी गर्ने दाउ रहे पनि रियलले हार टार्न सकेन। बार्सिलोनाले बरु आफ्नो उपाधि संख्या थप गर्दै १४ पुर्‍यायो।

सन् २०२०–२१ मा ‘कोपा डेल रे’को उपाधि जितेपछि उपाधिविहीन बनेको बार्सिलोनाले उपाधिको खडेरी तोड्यो। अन्तिमपटक २०२०–२१ मा बार्सिलोनाले ‘कोपा डेल रे’को उपाधि जित्दा बार्सिलोनासँग मेसी थिए। बार्सिलोनाबाट मेसी पीएसजी गएपछि क्लब उपाधिविहीन बनेको थियो। 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किन तानिए सिराहाका सिडिओ पौडेल ?
पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरू
रसुवा बाढीका बेपत्ताको अवस्था तत्काल यकिन गर्न रास्वपाको आग्रह
सम्बन्धित सामग्री
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई ३–१ ले पराजित गर्दै स्पेनिस ला लिगामा लगातार सातौं जित... आइतबार, असोज ४, २०८३
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित सिटीले च्याम्पियनसिप क्लब नर्विच सिटीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको चौथो चरणमा स्थान बनाएको छ। शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
किन तानिए सिराहाका सिडिओ पौडेल ? आइतबार, असोज ४, २०८३
पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरू आइतबार, असोज ४, २०८३
रसुवा बाढीका बेपत्ताको अवस्था तत्काल यकिन गर्न रास्वपाको आग्रह आइतबार, असोज ४, २०८३
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन आइतबार, असोज ४, २०८३
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्