काठमाडौं– इंग्लिस प्रिमियर लिगमा टोटनहामलाई हराउँदै आर्सनलले अग्रता बढाएको छ। सोमबार राति भएको खेलमा टोटनहामलाई २–० गोल अन्तरले आर्सनलले पराजित गर्दै अग्रता बढाएको हो।
१४ औं मिनेटमा बुकायो साकाले हानेको अफ टार्गेट प्रहार टोटनहामका गोलरक्षक ह्युगो लोरिस क्लियर गर्न खोज्दा सुसाइड गोल भएको थियो। सुसाइड गोलबाट अग्रता लिएको आर्सनलका लागि ३६ औं मिनेटमा मार्टिन ओड्रिगार्डले दोस्रो गोल गरेको थिए।
जितसँगै आर्सनलले ८ अंकको अग्रता बनाएको छ। आर्सनलको १८ खेलबाट ४७ अंक छ। समान खेल खेलेको म्यानचेस्ट सिटी ३९ अंकका साथ दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।