काठमाडौं– स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ। आइतबार राति भएको फाइनल खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।
खेलको ३३ औं मिनेटमा बार्सिलोनाका गाभीले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै खेलको ४५ मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए।
बार्सिलोनाका लागि तेस्रो गोल भने खेलको ६९ औं मिनेटमा पेड्रीले गरेका थिए। रियलका तर्फबाट भने करिम बेन्जिमाले एक गोल फर्काए। उनले खेलको इन्जुरी समयमा गोल फर्काएका थिए।
बार्सिलोनाले पाँच वर्षपछि यो उपाधि जितेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।