काठमाडौं– विश्व फुटबल महासंघ (फिफा)ले हरेक वर्ष प्रदान गर्ने फिफा द बेस्ट २०२२ अवार्डका लागि मनोनयन सूची सार्वजनिक भएको छ।
उक्त अवार्डका लागि विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीसहित १४ जना खेलाडी मनोनित भएका छन्।
यस्तै, इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट अर्जेन्टिनाकै लुलियन अल्भारेजसँगै इंग्ल्याण्ड तथा बोरुसिया डर्टमुन्डका जुड बेलिङ्हम र र ब्राजिल तथा रियल म्याड्रिडका भिनिसियस जुनियरजस्ता युवा खेलडीसमेत मनोनयनमा परेका छन्।
यद्यपि, पोर्चुगल तथा साउदी अरेबियाको क्लब अल नासरका क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा पर्न सकेनन्।
यसैगरी, प्रशिक्षकमा विश्वविजेता अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीसहित पाँचजना मनोनयनमा परेका छन्।
यस्तो छ उत्कृष्ट पुरुष खेलाडीको सूची :

१. जुलियन अल्भारेज (अर्जेन्टिना-म्यानचेस्टर सिटी)
२. जुड बेलिङ्हम (इंग्ल्याण्ड-बोरुसिया डर्टमुन्ड)
३. करिम बेन्जेमा (फ्रान्स-रियल म्याड्रिड)
४. केभिन डी ब्रुयने (बेल्जियम-म्यानचेस्टर सिटी)
५. अर्लिङ हालान्ड (नर्वे-बोरुसिया डर्टमुन्ड-म्यानचेस्टर सिटी)
६. अचरफ हाकिमी (स्पेन-पीएसजी)
७. रोबर्ट लेवान्डोस्की (पोल्याण्ड-बायर्न म्युनिख÷बार्सिलोना)
८. साडियो माने (सेनेगल-लिभरपुल-बायर्न म्युनिख)
९. केलियन एमबाप्पे (फ्रान्स-पिएसजी)
१०. लियोनेल मेसी (अर्जेन्टिना-पीएसजी)
११. लुका मोड्रिच (क्रोएसिया-रियल म्याड्रिड)
१२. नेयमार (ब्राजिल-पीएसजी)
१३. मोहम्मद सलाह (इजिप्ट-लिभरपुल)
१४. भिनिसियस जुनियर (ब्राजिल-रियल म्याड्रिड)
प्रशिक्षकको सूची :

१. कार्लो एन्सेलोटी (इटाली-रियल म्याड्रिड)
२. डिडियर डेसच्याम्पस (फ्रान्स)
३. पेप गुआर्डीओला (स्पेन-म्यानचेस्टर सिटी)
४. वालिद रेग्रागुई (मोरक्को)
५. लियोनेल स्कालोनी (अर्जेन्टिना)।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।