काठमाडौं– भ्यालेन्सियालाई हराउँदै रियल मड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ। रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हरायो।
साउदी अरबको किङ फहदा रंगशालामा बुधबार राति भएको खेलमा दुबै पक्षबाट १–१ गोल भएपछि टाइ ब्रेकरमा पुगेको थियो।
पहिलो हाफको अन्ततिर करिम बेन्जिमालाई डिबक्सभित्र लडाएपछि रियलले पेनाल्टी पाएको थियो। पेनाल्टीमा बेन्जिमाले नै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुवातमै भ्यालेन्सियाले गोल फर्कायो। स्यामुएल लिमोले गोल गर्दै रियलसँग १–१ बराबरी बनाएका थिए।
बराबरी भएपछि थप गरिएको ३० मिनेटमा पनि दुबै पक्षबाट गोल नभएपछि टाई ब्रेकरबाट खेलको छिनोफानो भएको हो।
बिहीबार राति बार्सिलोना र रियल बेटिसबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ। यस खेलको विजेताले उपाधिका लागि रियल मड्रिडसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।