काठमाडौं– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ। बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्समाथि २–० को प्रभावशाली जित निकालेको हो।
पीएसजीको जितमा लियोनल मेसी र ह्युगो एकिटिकेले गोल गरे। खेलको ५ मिनेटमै एकिटिकेले गोल गर्दै पीएसजलाई अग्रता दिएका थिए। ७२ औं मिनेटमा गोल गर्दै मेसीले अग्रता दोब्बर बनाए।
दुबै गोलमा नोर्डी मुकिलेले असिस्ट गरेका हुन्। विश्वकप जितेपछि फर्किएको सुरुवाती खेलमै मेसीले गोल गर्दै लिगमा सानदार सुरुवात गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।