काठमाडौं– म्यानचेस्टर सिटी इंग्लिस लिग कप (इएफएल) बाट बाहिरिएको छ। साउथ ह्याम्टनसँगको खेलमा २–० को लजास्पद हार ब्यहोर्दै सिटी बाहिरिएको हो।
बुधबार राति भएको क्वार्टर फाइनलमा साउथह्याम्पटन सिटीमाथि हाबी भएको थियो। प्रमुख खेलाडीलाई आराम दिएर मैदानमा उत्रिएको सिटीले त्यसको मूल्य चुकाउनु पर्यो। जितसँगै साउथह्याम्टप सेमिफाइनल प्रवेश गरेको छ।
साउथह्याम्पटनको जितमा सेखु मारा र मौसा डिजेन्पोले गोल गरेका थिए। लिग कपको अर्को खेलमा नटिङघम फरेस्टले उल्भ्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।