काठमाडौं– वेल्सको राष्ट्रिय फुटबल टोलीका कप्तान ग्यारेथ बेलले फुटबल जीवनबाट सन्यास लिएका छन्। उनले सोमाबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन्।
उनले अन्तर्राष्ट्रिय फुटबल र क्लब फुटबल दुवैबाट सन्यास लिएको घोषणा गरेका छन्। हाल ३३ वर्षका बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। उनले वेल्सका लागि १ सय ११ खेल खेलिसकेका छन्। जसमा ४१ गोल समेत गरेका छन्।
उनले सन् २००६ बाट इंग्लिस क्लब साउथह्याम्टनबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका थिए। उनी सन् २०१३ मा ला–लिगा क्लब रियल मड्रिड पुगेका थिए। सन् २०२२ सम्म उनी रियलमै रहेका थिए। त्यसपछि उनी पछिल्लो समय अमेरिकन क्लब लस एन्जलस एफसीमा पुगेका थिए।
फुटबलबाट सन्यास घोषणा सबैभन्दा गाह्रो क्षण भएको बेलले उल्लेख गरेका छन्। देशका लागि खेलेको कुरा शब्दमा बयान गर्न नसकिने उनले बताएका छन्। आफ्नो करिअरमा साथ दिने सबैलाई धन्यवाद भन्दै बेलले सन्यास घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।