काठमाडौं– विश्वविजेता अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीले आगामी मर्चमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
दुवै खेल घरेलु मैदानमा हुने अर्जेन्टिनी फुटबल संघले जनाएका छ। खेल अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा हुने तय भए पनि प्रतिस्पिर्धी टोलीहरूबारे टुंगो लागेको छैन।
अर्जेन्टिनाले गत महिना कतारमा विश्वकप जितेको थियो। त्यसयता मार्चमा पहिलोपटक अर्जेन्टिना मैदानमा उत्रने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।