• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

अमृता प्रितमका कविता नेपाली भाषामा सार्वजनिक

64x64
नेपाल लाइभ आइतबार, पुस २४, २०७९  १०:४८
1140x725

काठमाडौं– भारतीय प्रसिद्द्ध कवि अमृता प्रितमका कविताहरू नेपालीमा सार्वजनिक भएको छ। कवि रीमा केसीको अनुवादमा इन्डिगो इन्क पब्लिकेशनले 'अमृता प्रितमका छानिएका‌ कविता' पुस्तक सार्वजनिक भएको‌ हो।

शनिबार कवि तुलसी दिवस, भूपाल राई, ज्योति जङ्गल र अनुवादक केसीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन्।

कार्यक्रममा कवि तुलसी‌ दिवसले अमृतासँगको आफ्नो सहकार्य स्मरण गर्दै अमृताको लेखन साँच्चिकै जादूमयी रहेको टिप्पणी गरे। अमृतासँगको पहिलो भेट सम्झँदै आफू दिल्ली पुगेपछि नेपाली हिन्दी भाषामा संयुक्त रुपमा साहित्यक गतिविधि गरेको बताए।

उनले अमृताले नेपाली आदिकवि भानुभक्तमाथि लिखित टिप्पणी समेत गरेको कार्यक्रममार्फत जानकारी दिए।

"दिल्लीस्थित नेपाली राजदूतावासमा पहिलोपटक भएको साहित्यिक कार्यक्रममा भानुभक्तलाई स्मरण गरेका थियौँ, उक्त कार्यक्रममा अमृतालाई पनि आमन्त्रित गरिएको थियो, त्यहाँ अमृताले भानुभक्तमाथि बोलेको लिखित वक्तव्य दिएकी थिइन्। त्यो मसँग अझै सुरक्षित छ, समय आएपछि प्रकाशन गर्ने भनी‌ जतनसााथ राखेको छु,‘ उनले बताए।

Ncell 2
Ncell 2

अनुवादकै विषयमा बोल्दै उनले नेपाली‌ कवितालाई‌ अन्य भाषामा‌ अनुवाद गर्नु अति आवश्यक रहेको बताए।‌ उक्त कार्यका लागि एकल, संयुक्त वा सामुहिक रुपमा प्रयास गर्नुपर्ने बताए।

यसैगरी कवि भूपाल‌ राईले अनुवादका क्रममा रिमाले अमृतामाथि अन्याय नगरेको टिप्पणी गरे। कुनै पनि विषय अनुवाद भएर आउँदा लेखकको शैलीसहित आउनुपर्ने बताउँदै त्यो कोसिस रिमाले गरेको बताए। ‘अनुवाद सांस्कृतिक सेतुको काम हो। हुबहु नआउन‌सक्छ तर कोसिस गर्नुपर्छ। विदेशी अनुवाद गरे नेपालीपन आउनुपर्छ भन्नेहरु पनि छन् तर त्यसको विपक्षमा छु म,’ उनले भने, ‘जस्तो सेक्सपियरको अनुवाद गर्दा सेक्सपियरकै लेखन आउनुपर्छ। त्यसमा भानुभक्तको स्वाद आउनुहुँदैन। यसमा रिमाले त्यो प्रयास गरेको छ। यथासक्य कोसिस गरेको छ अमृता प्रितमलाई अन्याय गरेको छैन।’

अनुवादमा जनताको करमा चलेका प्रज्ञालगायत राज्यको कोषबाट स्थापित संस्थाले अनुवादलगायतको काम नगरेकोमा असन्तुष्टि जनाउँदै उनले त्यस्तो काम निजी प्रकाशन गृहले‌ गरेकोमा तारिफ गरे।

यस्तै अर्की कवि ज्योति जङ्गलले अमृताको लेखनको प्रशंसा गर्दै उनको काव्यिक शैली पृथक रहेको दाबा गरिन्।  अमृताले‌ आफू, आफ्नो सत्व र आत्मप्रेम कवितामा बिसाएको उनको भनाइ थियो।

शक्तिशाली कविता नेपालीमा अनुवाद हुँदा त्यसको सकारात्मक प्रभाव साहित्यिक क्षेत्रमा पर्ने अनुवादक रिमाको  दाबी थियो। 

उनले कार्यक्रममा साहिर र इमरोजसँगको प्रेमको विषयमा पनि बोलेकी थिइन्‌।‌ जुन प्रेमले उनको‌ कवि मन अझ कोमल भएको आँकलन उनको थियो। ‘अमृताको जीवन नै आम व्यक्तिको भन्दा फरक थियो, त्यसैले उनलाई कवि बनायो जस्तो लाग्छ। तर साहिर र इमरोजको प्रेमले उनी कवि भएकी होइनन्, कवि पहिल्यै थिइन्‌। तर जुन दर्द उनका कवितामा छ त्यो प्रेमले आएको हुनुपर्छ।’

कविहरू स्वप्निल स्मृति र लक्ष्मी रुम्बाले अमृताका कविता पनि वाचन गरेको पुस्तक लोकार्पण कार्यक्रमको सहजीकरण बाबु त्रिपाठीले गरेका थिए। ५२ कविता भएको उक्त पुस्तकको नेपाली मूल्य रु २९९ राखिएको छ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस बुधबार, माघ १४, २०८२
राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता बुधबार, माघ १४, २०८२
रौतहटमा नक्कली भारुसहित दुई जना पक्राउ बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्