काठमाडौँ– खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले यस वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ कृतिको संक्षिप्त सूची सार्वजनिक गरेको छ।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ वटा पुस्तकहरूमध्येबाट ५ वटा उत्कृष्ट कृतिहरूलाई संक्षिप्त सूचीमा सिफारिस गरिएको हो।
प्रतिष्ठानका अनुसार संक्षिप्त सूचीमा परेका पुस्तकहरूको नाम अकारादि (वर्णानुक्रम) का आधारमा सार्वजनिक गरिएको छ।
सूचीमा क्षितिज समर्पणको तोरकिन, सीमा आभासको महायुग, डा. नवराज केसीको स्वस्पर्श, श्रवण मुकारुङको सलह र नदीशको हिउँद पुस्तक अटाएका छन् ।
प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिँदै आएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।