काठमाडौं– स्पेनिस ला लिगामा रियल म्याड्रिड भिल्लारियलसँग पराजित भएको छ।
शनिबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको रियल भिल्लारियलसँग २–१ गोल अन्तरले पराजित भएसँगै शीर्ष स्थानमा उक्लिन असफल भएको छ।

येरेमी पिनोको गोलले ४७ औँ मिनेटमा भिल्लारियलले अग्रता लिएको थियो। तर, करिम बेन्जेमाले पेनाल्टीमार्फत ६० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। यद्यपि, जेरार्ड मोरेनोले ६३ औँ मिनेटमा पेनाल्टीबाट भिल्लारियलका लागि विजयी गोल गरे।
लिगमा रियल र बार्सिलोनाको समान ३८ अंक रहेको छ। तर, गोल अन्तरका आधारमा बार्सिलोना अगाडि छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार एट्लेटिको म्याड्रिडको सामना गर्नेछ ।
भिल्लारियल भने लगातार तेस्रो तिजपछि पाँचौं स्थानमा उक्लिएको छ। उसको २७ अंक भएको छ।
रियल ला लिगामा सर्वाधिक सफल टोली हो। उसले ३५ पटक यो उपाधि जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।