• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नतिजा प्रकाशनमा ढिलाइ, तर कारण बताउन चाहँदैन त्रिवि

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, पुस २४, २०७९  १६:४१
1140x725

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय बितिसक्दा पनि केही संकायहरुको नतिजा सार्वजनिक गर्न सकेको छैन। समयमा नतिजा सार्वजनिक नहुँदा उज्वल भविष्यको सपना बोकेका विद्यार्थीहरु निराश भएका छन्। कतिपयले विदेश पलायन हुनुपर्ने अवस्था आएको गुनासो गरेका छन्।

त्रिविले समयमै नतिजा प्रकाशन नगरेको र आफ्नै क्यालेन्डर लागू नगरेको भन्दै विद्यार्थी संगठनहरुले पटकपटक डिन कार्यालयदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म ध्यानाकर्षण गराए। तर त्रिविले भने आफ्ना माग सम्बोधन नगरेको विद्यार्थीले बताएका छन्।

२०७४ सालमा नेपाल ल क्याम्पसमा भर्ना भएकी अस्मिता दाहाललाई त्रिविले नतिजा सार्वजनिक नगरेकोमा चित्तदुखाइ छ। ‘तीन वर्षमा सकिने कोर्ष त्रिविले पाँच वर्ष लगायो। कहिले कोरोना महामारीलाई दोष दियो त कहिले एकापसमा दोषारोपण गरेर पन्छिने काम भयो,’ उनले भनिन्, ‘त्रिवि सुध्रिन्छ भन्ने मलाई विश्वास छैन। समयको बर्बादी हुनुका साथै पैसा पनि त्यत्तिकै खर्च भइरहेको छ। भविष्य नै अन्योल भइसक्यो।’

अस्मिताले थपिन्, ‘समयमै रिजल्ट प्रकाशित गरिदिएको भए समयमै अधिवक्ताको लाइसेन्स प्राप्त गरिन्थ्यो। सरकारी वकिलमा पनि भिड्न पाइन्थ्यो। म एक्लै पनि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर चर्को स्वरमा कराएकी छु। अरु साथीहरुले पनि पटकपटक ध्यानाकर्षण गराएका छन्। तर हामीलाई वास्ता नै गरेनन्।’

उनले नेपालको शिक्षा क्षेत्र निश्चित व्यक्तिहरुको कब्जामा पुगेको आरोप लगाइन्। शिक्षा क्षेत्रमा सिन्डिकेडको अन्त्य गर्नुपर्ने उनको माग छ।

विद्यार्थी भुवन भट्टको आक्रोश पनि उस्तै छ। उनी भन्छन्, ‘विद्यार्थीका अधिकारमाथि कुठाराघात गर्ने र १७ महिनासम्म रिजल्ट प्रकाशित गर्न नसक्ने त्रिवि पदाधिकारीले तत्काल राजीनामा गर्नुपर्छ।’

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न संकायका नतिजा तत्काल सार्वजनिक गर्न माग गर्दै भट्ट स्नातकोत्तरका नयाँ सेसनका लागि भर्ना प्रकिया सुचारु गर्नुपर्ने उनको भनाइ छ।

शैक्षिक क्यालेन्डर अनुसार असोजमै मास्टर्सको नयाँ भर्ना खोलिसक्नुपर्ने भए पनि स्नातककै रिजल्ट नआउनु गम्भीर लापरबाही भएको भट्ट बताउँछन्।

Ncell 2
Ncell 2

गत मंगलबार विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय अगाडि पुगेर धर्ना दिए। उनीहरुले टियु हाम्रो रिजल्ट खोई? टियु किन मौन? विद्यार्थी रिजल्ट कुर्न नसकेर खाडी गइसके लगायतका नारा लेखिएका ब्यानरसहित प्रदर्शन गरेका थिए।

उक्त अभियानको नेतृत्व गरिरहेका आरआर क्याम्पसका विद्यार्थी नेता विनोद जैशीले त्रिविभित्र ढिलासुस्ती र अनियमिताको कारणले लामो समयदेखि नतिजा प्रकाशन हुन नसकेको आरोप लगाए। उनले भने, ‘त्रिवि भित्र ढिलासुस्ती र अनियमितता व्याप्त छ। व्यवस्थापकीय पक्ष पनि भताभुंग अवस्थामा छ। परीक्षा दिएको एक वर्ष बितिसक्दा पनि रिजल्ट नआउँदा थुप्रै साथीहरु अन्योलमा छन्। त्यसैको खबरदारीका लागि यो अभियान सुरु गरेका हौं।’

उनले आफू विद्यार्थी अगुवा भएका कारण थुप्रै विद्यार्थी साथीहरुले बारम्बार रिजल्ट कहिले आउँछ भन्दै प्रश्न गर्ने गरेको बताए। उनले विद्यार्थीहरुबाट रिजल्ट प्रकाशन गर्नका लागि दबाब दिन आग्रह गरेको बताउँदै कयौं साथीहरुले रिजल्ट आउँदैन भने विदेश जान्छौं भन्दै गुनासो गर्ने गरेको बताए।

जैशीले परीक्षाफल प्रकाशनको विषयमा त्रिविका रजिष्ट्रार, भिसी तथा पदाधिकारीहरुसँग भेटेर गुनासो राख्दा समेत बेवास्ता भएका कारण रचनात्मक रुपमा दबाब दिएको बताए। शान्तिपूर्ण तरिकाले विद्यार्थीको माग राखिएको बताउँदै उनले माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिए।

त्यसैगरी आन्दोलनको अगुवाइ गरिरहेकी नेविसंघ आरआर क्याम्पसकी नेतृ अप्सना अधिकारीले ६ महिनामा प्रकाशन भइसक्नुपर्ने रिजल्ट एक वर्ष बितिसक्दा पनि प्रकाशन हुन नसकेको बताइन्। उनले भनिन्, ‘रिजल्ट प्रकाशित नहुँदा त्रिवि परीक्षा नियन्त्रण कार्यालय अगाडि धर्ना दिन बाध्य भयौं।’

त्रिविको लापरबाही
परीक्षा नियन्त्रण कार्यालयले तीन वर्षे बीए कार्यक्रमको तेस्रो वर्ष, चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको नतिजा सार्वजनिक गर्न सकेको छैन। सबै नतिजा नआउँदै स्नातकोत्तरमा भर्ना खुलाएको छ। रिजल्ट प्रकाशन नगरी भर्ना खुलाएको भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन्।

यस विषयमा बुझ्न त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई बारम्बार फोन र म्यासेज गर्दासमेत कुनै प्रतिक्रिया दिन मानेनन्।

त्रिभुवन विश्व विद्यालयबाट ६२ वटा आंगिक क्याम्पस र १ हजार ४० वटा सामुदायिक तथा निजी क्याम्पसले सम्बन्धन प्राप्त गरेका छन्।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ ‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो । त्यही भएर युवा पुस्ताले... सोमबार, मंसिर २९, २०८२
कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तुको चोरी सिकारी तथा तस्करीका साथै सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध... सोमबार, मंसिर २९, २०८२
सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी आइतबार बिहान करिब साढे ११ बजेको समयमा लालबन्दी नगरपालिका १४ स्थित माईस्थान लगायत आसपासको क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाको बोट फ... सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
अध्यक्षका लागि केपी ओलीले गराए उम्मेदवारी दर्ता सोमबार, मंसिर २९, २०८२
शोधनान्तर स्थिति ३ खर्बले बचतमा सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
राष्ट्रपति पौडेलले भने : ‘मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि’ सोमबार, मंसिर २९, २०८२
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो : ईश्वर पोखरेल सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्