काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्क र आर्थिक कारोबारको अनुसन्धानमा तानिएका ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले बिहीबार सापकोटासँगै पक्राउ परेका महेश श्रेष्ठ र सुशील भट्टमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई थप समय दिएको हो ।
सापकोटासँगको सम्पर्क खुलेपछि प्रहरीले श्रेष्ठ र भट्टलाई पनि नियन्त्रणमा लिएको थियो । श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् ।
प्रहरीले सापकोटामाथि राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान गरिरहेको छ । श्रेष्ठ र भट्टमाथि भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश जबरासँगको ‘कनेक्सन’ देखिएपछि प्रहरीले सबैभन्दा पहिले सापकोटालाई पक्राउ गरेको थियो । त्यसपछि उनीसँगको सम्पर्क र सम्बन्धका आधारमा अनुसन्धानको दायरा विस्तार गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।