काठमाडौं– फुटबल क्लब बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीमाथि तीन खेल प्रतिबन्ध लागेको छ।
यससँगै उनले अब स्पेनिस ला लिगाअन्तर्गतका तीनवटा खेल गुमाउने छन्।
करिब दुई महिनाअघि लेवान्डोस्कीले ओसासुनाविरुद्ध रातो कार्ड खाएका थिए। त्यहाँ उनले गरेको ‘फाउल’को छानबिनपछि उनलाई स्पेनिस फुटबलमा अनुशासन हेर्ने विभाग टीएडीले तीन खेलको प्रतिबन्ध लगाएको स्पेनिस पत्रिका सञ्चारमाध्यमले जनाएको छ।
यससँगै ब्रार्सिलोनाका मुख्य हतियार रहेका पोलिस स्ट्राइकर लेवान्डोस्कीले आइतबार हुने एट्लेटिको म्याड्रिडविरुद्धको महत्वपूर्ण खेलसमेत गुमाउने छन्।
यसैबीच, बार्सिलोनाले लेवान्डोस्कीमाथि लागेको प्रतिबन्धविरुद्ध अपिल गरेको थियो। तरपनि, उनीमाथिको प्रतिबन्ध फुकुवा भएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।