काठमाडौं– स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अल-नासर फुटबल क्लबमा अनुबन्धन हुने आफ्नो फैसलामा गर्व गरिरहेको बताएका छन्।
मंगलबार बिहान साउदी पुगेका उनले उक्त क्लबमा वार्षिक १७७ पाउन्ड पारिश्रमिक पाउनेगरी सम्झौता गरेका छन्।
उनी सन् २०२५ सम्म यो क्लबबाट खेल्नेछन्। उनले भनेका छन्, ‘आफ्नो जीवनको यति ठूलो फैसला लिएकोमा गर्व गरिरहेको छु। युरोपमा मेरो काम सकियो। मैले धेरै जितेँ र सबैभन्दा उत्कृष्ट क्लबबाट खेलिसकें। अब नयाँ चुनौती लिएको छु।’
उनले अल-नासरले साउदीको फुटबल मात्रै होइन, देशप्रतिकै धारणा बदल्ने दाबी गरे। उनले आफूलाई अचम्मको खेलाडीका रुपमा प्रस्तुत गर्दै थपे, ‘म अचम्मको खेलाडी हुँ। यहाँ आउनु गज्जब लागिरहेको छ। मैले त्यहाँ (युरोपमा) सबै रेकर्ड तोडेको छु र यहाँ पनि केही रेकर्ड तोड्न चाहन्छु। म यहाँ जित्न, खेल्न र खेलको मजा लिन आएको हुँ।’
आफूले अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट आएको अफरलाई नकारेको समेत बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।