दमक– आगामी फागुनको पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ।
मेची रङ्गशालामा हुने प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार भद्रपुर झापा गोल्डकपको विजेता टिमले रु १३ लाख र उपविजेताले नगद रु सात लाख तथा ट्रफी र मेडल पाउनेछन्।
त्यस्तै, प्रतियागिताभर सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख एक हजार, ट्रफी र मेडल प्रदान गरिनेछ। प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले रु २१ हजार पुरस्कार पाउनेछन्। त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले रु १० हजार पाउनेछन्।
प्रतियोगितामा आयोजकको भद्रपर ११ सहित नेपालका सात, भारत र भुटानका तीन गरी १० वटा टिमको सहभागिता रहनेछ। प्रतियोगिता सञ्चालनको लागि रु एक करोड ५० लाख लागत अनुमान गरिएको छ। गोल्डकपको संरक्षकको रुपमा रहेको भद्रपुर नगरपालिकाले प्रतियोगिताका लागि रु ३० लाख उपलब्ध गराउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।