• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सरकारले मूल्य तोक्न ढिलाइ गर्दा उखु किसान मारमा, लगाउन पाएनन् हिउँदे बाली

64x64
कल्पना घिमिरे मंगलबार, पुस १९, २०७९  २०:३०
1140x725

काठमाडौं– लामो समयसम्म पनि सरकारले उखुको मूल्य नतोक्दा किसान पुरानो मूल्यमा नै उखु बिक्री गर्न बाध्य भएका छन्। हिउँदेबाली लगाउने समय भएसँगै उखु ‘क्रसिङ’ गरेर पुरानै मूल्यमा बिक्री गर्न थालेको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्र बताउँछन्।

‘उखु चैतसम्म बिक्री गरिसक्नुपर्छ। नत्र सुक्ने डर हुन्छ। त्यस हिसाबले बिक्री नगरे उपाय नै छैन। सुनिदिने निकाय मौन छ। किसानसँग कुनै विकल्प नै छैन। खासमा फागुन मसान्तभित्र सकाइहाल्नु पर्छ। त्यसकारण कृषकले उखु पुरानै मूल्यमा बिक्री गर्न थाले,’ उनले भने।

कृषकहरूको आवाज सरोकारवालाले नसुनिदिएको मिश्रको गुनासो छ। साथै, सरकारले विभिन्न बाहाना गरेर कृषकलाई टार्ने गरेको उनको भनाइ छ। ‘सरकारको बाहाना हिजो चुनाव थियो। आज सरकार गठन छ। विभागीय मन्त्री नियक्त भएका छैनन्। यसले गर्दा अनेकौं बाहाना छ। राज्यले यसरी धोका दिएपछि किसान मारमा परेका छन्। राज्यले मूल्य नतोके कृषक आफैँले तोकेर हुँदैन नि!’, उनले भने।

सरकारले उखुको मूल्य नतोकेपछि किसानहरूले पुरानै मूल्यमा चिनी उद्योगमा पठाउन सुरु गर्न बाध्य भएको उनी बताउँछन्। किसानले उखु क्रसिङ गरेर बिक्री गर्न थालेको १२ दिन भइसक्दा पनि सरकार मूल्य तोक्न मौन रहेको उनको आरोप छ।

‘राज्यले केही मतलब राख्दैन। किसानहरू असंगठित छन्। अब उनीहरूले बेग्लाबेग्लै कहाँ आवाज उठाउने त! हामीले सञ्चारमाध्यममार्फत धेरैपटक भन्यौं, तर अहिलेसम्म कुनै समाधानको उपाय आएन,’ उनले भने।

आर्थिक वर्ष २०७७–७८ मा सरकारले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ६५ रूपैयाँ तोकेको थियो। गत वर्षमा २५ रुपैयाँ बढाएर पाँच सय ९० रुपैयाँ तोकेको थियो। यसवर्ष मूल्य त ६ सय ५० भन्दा माथि हुनुपर्ने हो। तर सरकार र चिनी मिल मिलोमतोमा रहेर मूल्य तोक्ने गर्दा कृषकले सस्तोमा बिक्री गर्न बाध्य हुनु परेको मिश्रको भनाइ छ।

०००

यस्तै, सरकारले मूल्य तोक्न ढिलाइ गरेपछि आफूले हिउँदे बाली लगाउने खेतकोजति उखु बिक्री गरेको अर्का उखु किसान रामविलास महतो बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘उखु रोपेको खेतमा नयाँ बाली लगाउनु पर्ने भएकाले दुई सय क्विन्टल उखु पुरानै मूल्यमा मिललाई दिइसकेँ। यत्रो समयसम्म सरकारलाई केही वास्ता छैन। पुरानै भाउमा बिक्री गर्दा हामी मारमा पर्यौं,’ उनले भने।

सिरहाका उखु किसान महतोले यसपाली दुई बिगामा खेतमा उखु लगाएका थिए। उखु क्रसिङ गर्ने सिजन आइसक्दा पनि सरकारले उखुको मूल्य तोक्न आनाकानी गरेपछि आफूले घाटा खाएर पुरानै मूल्यमा बिक्री गर्न बाध्य परेको गुनासो उनले गरेका छन्। साथै, आफूले उखु सस्तोमा दिन परेको र चिनी मिलले चिनी महँगोमा बिक्री गर्दा आफूहरु निकै मारमा परेको उनी बताए। उनले यसपाली उखुको मूल्य आठ सय रूपैयाँ प्रति क्विन्टल हुनपर्ने माग राख्ने बताए। 

‘अहिले हामी चिनी ८० रुपैयाँ केजी खाँदै छौं। यसअनुसार उखुको मूल्य आठ सय रुपैयाँ प्रतिक्विन्टल चाहियो। यो सरकारको हातमा छ।  तर, सरकारले चिनी उद्योगीको मिलोमतोमा उखुको मूल्य तोक्छ। हाम्रो मागअनुसार सरकारले मूल्य तोक्दैन,’ उनले भने।

साथै तीन सय क्विन्टल उखु  खेतमै रहेको र त्यो उखु सरकारले मूल्य तोकेपछि मात्र बिक्री गर्ने कृषक महतो बताउँछन्। मूल्य तोकेन भने अन्तिममा त्यसलाई आफैैँ पेलेर गुँड बनाउँछु,’ उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

०००

उखु उत्पादन ममहासंघका उपाध्यक्ष तथा उखु किसान श्यामबाबु रायले सरकारले उखुको मूल्य तोक्न ढिलाइ गर्दा हिउँदे बाली लाउनुपर्ने खेतमा बाली लगाउन ढिला भएको बताए।

सरकारले चाँडै उखुको मूल्य तोकिदिएको भए हामीले खेतमा गहुँ रोप्न पाउने थियौं। तर, सरकारले वास्ता नगर्दा हामीले यसवर्ष बाली लाउने समय ढिला भइसक्यो। गहुँ पुस १५ सम्ममा लगाउन सकिन्थ्यो। तर मंसिरमा रोपेको गहुँ कठ्ठाको अढाइ–तीन मन फल्छ। तर, अब रोपेको एक मन पनि पुग्न गाह्रो हुन्छ,’ उनले भने।

रायल १७ बिगा जमिनमा उखु खेती गरिएको छ। उनका अनुसार प्रतिबिगा तीन सय क्विन्टल उखु उत्पादन हुन्छ। उनको खेतमा यसपाली पाँच हजार एक सय क्विन्टल उखु उत्पादन हुन्छ। केही वर्षअघि उनको ३० बिगामा खेती हुन्थ्यो। तर, भनेअनुसार मूल्य पाउन नसक्दा उखु खेती बिस्तारै घटाउँदै लगेको उनी बताउछन्।

‘सरकारले हामीले चाहेको मूल्य नतोके हामी खेती छाड्न बाध्य हुन्छौं। हामीले यो सरकारको लागि र उद्योगका लागि बाध्य भएर खेती गरेको हौं। अब बिस्तारै विस्थापित हुँदैछौं,’ उनले गुनासो पोखे।

सरकारले मूल्य नतोके पनि हामीले केही उखु बिक्री गर्न थालेको उनी बताउँछन्। अहिलेसम्म उनले चार सय क्विन्टल उखु बिक्री गरिसकेको बताएका छन्।

‘सरकारले तोकेको रेट त कारखानाले दिन्छ। तर, सरकारले पोहोरको मूल्यमा जम्मा १५ रुपैयाँमात्र बढाउने कुरा राखेको छ। डिजेल, मजदुर ज्याला कहाँ १५ रुपैयाँले पुग्छ। यतिमा हामी मान्दैनौं। हामीले भनेको मूल्य दिइएन भने हामी उखु खेती छाड्न बाध्य हुनछौं,’ उनले भने।

०००

नयाँ सरकार गठन भएपछि विभागीय मन्त्री नहुँदा उखुको मूल्य निर्धारणमा ढिलाइ भएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेल बताउँछन्। साथै, बिक्री भइसकेका उखुको पनि नयाँ तोकिने मूल्य बराबरको रकम उपलब्ध गराइदिने उनको भनाइ छ।

‘नयाँ सरकार गठन भएका कारण उखुको मूल्य तोक्न ढिला भयो। अब हामी छिट्टै मूल्य तोक्दैछौं। कृषकहरूले जति उखु क्रसिङ गरेर चिनी कारखानालाई दिनुभएको छ। त्यो उखु उहाँहरूले हाताहाती दिएको होइन। उखु बिक्री गरेता पनि त्यसको रकम कृषकले लिन बाँकी भएकाले हामी अब तोकिने मूल्य बराबर नै उखु मूल्य तिर्न चिनी कारखानालाई लगाउँछौं,’ उनले भने।

अब चिनी उद्योगी र उखु किसानको मागअनुसार उखुको मूल्य निर्धारण गरिने प्रवक्ता सञ्जेलको भनाइ छ। उखु किसानको मूल्य माग के छ र उद्योगीको के छ? दुवैको मागअनुसार हामी छिट्टै मूल्य निर्धारण गर्नेछौं,’ उनले भने। 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  २०:३०
  • #उखु किसान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्