• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

सर्टिफिकेट धितो राखेर ऋण: सुदूरपश्चिम सरकारले अन्तिम कार्यकालमा अघि बढायो ‘लोकप्रिय’ कार्यक्रम

64x64
शेरबहादुर ऐर बिहीबार, पुस १४, २०७९  १७:००
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश स्वरोजगार विकास कोष ऐन पारित भएको ३ वर्षपछि स्वरोजगारका कार्यक्रम अघि बढाएको छ।

बेरोजगार नागरिकलाई नागरिकता र शैक्षिक प्रमाणपत्र धितो राखी न्यून ब्याजदरमा ऋण प्रवाह गर्ने उद्देश्य राखेर ल्याइएको ऐन २०७६ जेठ १२ गते प्रदेश सभाबाट पारित भइ असार १ गते प्रमाणीकरण भएको थियो। सोही ऐनअनुसार प्रदेश सरकारले आफ्नो कार्य अवधि सकिँनै लाग्दा कार्यक्रम अघि बढाइएको हो।

मंगलबार एक समारोहबीच कोषले कैलाली र कञ्चनपुरका २ सहकारीमार्फत् थोक कर्जा प्रवाह अभियानको शुभारम्भ गरेको छ। कैलालीको मालाखेती कृषि सहकारी संस्था र कञ्चनपुरको संकल्प कृषि सहकारीलाई ८०-८० लाखका दरले एक करोड ६० लाख रुपैयाँको चेक कर्जा प्रवाहका लागि राज्यमन्त्री बलबहादुर सोडारीले हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरेका हुन्। कोषले तोकेको मापदण्डअनुसार मालाखेतीका ३९ जना र संकल्पका ३० जना सदस्यहरूलाई सो रकमको कर्जा प्रवाह गर्ने छ।

दुई सहकारीमार्फत् थोक कर्जा प्रवाह अभियान आरम्भ गरेको प्रदेश सरकारको यस कार्यक्रमलाई अब आउने नयाँ सरकारले अघि बढाउने अपेक्षा छ। पहिलो चरणमा २ सहकारीमार्फत् ६९ जना सदस्यले नयाँ व्यवसाय सञ्चालन गर्नेछन् भने अन्य सहकारीका सदस्यलाई अब आउने सरकारले कर्जा प्रवाह गर्ने कोषको कार्यालयका कर्मचारीहरूको भनाइ छ।

थोक कर्जा प्रस्तावका लागि कोषमा ९ जिल्लाका १९८ सहकारी संस्थाले प्रस्ताव पेस गरेका छन्। कोषका अनुसार सबैभन्दा बढी कञ्चनपुरबाट ६८, कैलालीबाट ६५ सहकारीले प्रस्ताव पेस गरेको छ भने सबैभन्दा कम अछामबाट ४, बैतडीबाट ७, दार्चुला र बझाङबाट ८–८, डोटीबाट १२ तथा बाजुरा र डडेलधुराबाट १३–१३ सहकारीले प्रस्ताव पेस गरेका थिए। सोमध्ये प्रारम्भिक अध्ययनमा १२५ वटा सहकारी संस्थाले तोकिएको मापदण्ड पूरा गरेको जनाइएको छ।

कोषले साउन ३१ गते राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरी प्रस्ताव पेस गर्न आह्वान गरेको थियो। 

प्रदेश स्वरोजगार कोषअन्तर्गत चालु आर्थिक वर्ष २०७९/८० मा ‘सरकारको मुख्य ध्यानः घरघरमा स्वरोजगार अभियान’अन्तर्गत ५०० जनालाई सीपमूलक तालिम तथा ४ हजार जनालाई सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ।

कोषले पहिलो चरणमा २ सहकारीमार्फत् कर्जा प्रवाह गरेपनि अन्य सहकारीमार्फत् कर्जा प्रवाहमा ढिला हुने आशंका गरिएको छ। कोषले ११ वटा सहकारीको कर्जा प्रवाह स्वीकृति अन्तिम चरणमा रहेको बताएको छ। तर, कर्जा प्रवाह भने नयाँ सरकार गठन भएपछि हुने जनाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश स्वरोजगार कार्यक्रमलाई अघि बढाउन आव २०७५/७६ को बजेट वक्तव्यमार्फत् १ अर्ब रकम विनियोजन गरिएको थियो। ‘वैदेशिक रोजगारमा जाने जनशक्तिलाई स्वदेशमै स्वरोजगारमूलक क्रियाकलापमा संलग्न गराउन, उद्यमशीलता विकास गर्न एवं पुँजीको अभावमा लगानीको स्रोत अपुग भएका बेरोजगार नागरिकलाई नागरिकता र शैक्षिक प्रमाणपत्र धितो राखी न्यून ब्याजदरमा ऋण प्रवाह गरी उनीहरुलाई आवश्यक पुँजी व्यवस्थापन गर्न स्वरोजगार विकास कोषअन्तर्गत १ अर्ब विनियोजन गरिएको छ,’ तत्कालीन आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ।

यो कार्यक्रम प्रदेश सरकारले आव २०७५/७६ मै बजेटमा समावेश गरे पनि सरकारकै कमजोरीले कार्यान्वयनमा जान सकेको थिएन। कोषको कार्यान्वयनका लागि नियमावली निर्माणमा ढिलाइ गरेपछि कार्यान्वयनमा लैजान सकेको थिएन। प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले फागुन २० गते नियमावली स्वीकृत गरेको कार्यकारी निर्देशक चुडामणि तिमिल्सेनाले बताए।

नियमावली स्वीकृत भए पनि कार्यकारी निर्देशक छनोट प्रक्रिया लम्बिएको थियो। प्रदेश सरकारले २०७७ भदौ ३० गते पहिलोपटक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको थियो। त्यसबेला कसैको आवेदन नपरेपछि दोस्रोपटक असोज १५ र तेस्रोपटक कार्तिक २ गते विज्ञापन प्रकाशन गरेको थियो। प्रदेश सरकारले विज्ञापन आह्वान गरेको झण्डै १ वर्षपछि २०७८ पुस १६ गतेमात्र कार्यकारी निर्देशकमा तिमिल्सेनालाई नियुक्त गरिएको थियो। कार्यकारी निर्देशक नियुक्तपश्चात कोषको कार्यालयले २०७९ साउन १६ गतेमात्र कोष कर्जा कार्यविधि पारित गराएको थियो।

सहकारी संस्थाका लागि वार्षिक ब्याजदर एक प्रतिशतमा पुँजी उपलब्ध गराइने व्यवस्था कार्यविधिमा छ। ‘सहकारी संस्थाले अधिकतम ४ प्रतिशत सम्ममा जोडेर लक्षित समूहसँग ब्याजदर कायम गर्न पाउने व्यवस्था रहेको छ,’ कार्यविधिमा भनिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्वरोजगार कार्यक्रमअन्तर्गत कोषका लक्षित ६ समूह बढी भएका, तर बैंक तथा वित्तीय संस्था र अन्य संस्थाको पहुँच कम रहेको हिमाली, पहाडी र तराईका जिल्लाहरूका स्थानीय तहमा प्रदान गर्नेगरी प्राथमिकता दिइएको कार्यकारी निर्देशक तिमिल्सेनाले बताए।

‘लक्षित समूहका व्यक्तिलाई व्यवसायअनुरूप ३ लाखसम्म, ५ जना वा सोभन्दा अधिक सदस्य रहेको सामूहिक व्यवसायलाई १० लाखसम्म र स्थानीय तहस्तरमा कर्जा प्रवाह गर्ने सहकारी संस्थालाई २० लाख देखि ८० लाखसम्म सहुलियत प्रदान गरिनेछ,’ उनले भने।

सहकारी संस्थामा ५० देखि ३०० सदस्य, २ देखि १५ लाख सेयर पुँजी, ४ देखि ३० लाखसम्मको बचत रकम हुनुपर्ने प्रवाधान कार्यविधिमा छ। कोषअन्तर्गत १२० वटा वस्तुगत व्यवसायी सूचीकृत गरिएकोले सोहीअनुसार सहुलियत कर्जा वितरण गरिने जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्