काठमाडौं– कतार विश्वकपका कारण स्थगित भएका इंग्लिस प्रिमियर लिगका खेलहरु आज (सोमबार)बाट सुरु हुने भएका छन्।
गत नोभेम्बर १३ मा म्यानचेस्टर युनाइटे र फुलहामविरुद्धको खेलपछि विश्वकपका कारण प्रिमियर लिगका खेलहरु स्थगित भएका थिए। त्यसको ठिक ६ हप्तापछि सोमबारबाट पुनः लिग सुरु हुन लागेको हो।
सोमबार ८ खेल हुँदैछन्। ब्रनफोर्ड भर्सेस टोटनहाम, क्रिस्टल प्यालेस भर्सेस फुलहाम, इभर्टन भर्सेस वुल्भ्स, लेस्टर सिटी भर्सेस न्युक्यास्टल, साउथह्याम्टन भर्सेस ब्राइटन, एस्टन भिल्ला भर्सेस लिभर र आर्सनल भर्सेस वेस्ट हामको खेल हुँदैछन्।
लिगको शीर्ष स्थानमा आर्सनल छ। १४ खेलबाट ३७ अंक आर्सनलले बनाउँदा १४ खेलबाटै ३२ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।