एजेन्सी– इंग्लिस फुटबल क्लब टोटनहमका मुख्य प्रशिक्षक एन्टोनियोे कोन्टेले सोमबार हुने ब्रेनफोर्डविरुद्ध खेलमा विश्वकप खेलेका खेलाडीलाई आराम दिने भएका छन्।
विश्वकप खेलेका खेलाडीलाई आराम दिँदै उनले अन्य खेलाडीलाई ब्रेनफोर्डविरुद्धको खेलमा मैदानमा उतार्न लागेका हुन्।
कतार विश्वकप फाइनलको ८ दिनपछि टोटनहम प्रिमियर लिगमा सोमबार ब्रेनफोर्डसँग खेल्दैछ। यसअघि नै कोन्टेले विश्वकप फाइनल खेलेका फ्रान्सका गोलरक्षक ह्युगो लोरिस र अर्जेन्टिनाका क्रिस्टियन रोमेरोलाई आराम दिने बताएका थिए।
‘सबैलाई आराम दिन सम्भव छैन। विश्वकप नखेल्ने खेलाडीको संख्या न्यून छ,’ काेन्टेले थपे ।
टोटनहमका १२ खेलाडी विश्वकपकाे मैदानमा उत्रिएका थिए। ‘१२ खेलाडी विश्वकपमा उत्रनुले टोटनहम कति शक्तिशाली छ भन्ने बुझ्न र ट्रफी उचाल्न सक्छ भन्ने एउटा प्रमाण पनि हो,’ कोन्टेले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।