एजेन्सी– युरोपियन फुटबलहरूले धुमधामका साथ क्रिसमस मनाएका छन्।

नर्वे तथा म्यानचेस्टर सिटीका अर्लिङ हालाण्ड, पोल्याण्ड तथा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, फ्रान्स तथा रियल म्याड्रिडका करिम बेन्जिमालगायत स्टार फुटबलरले क्रिसमस मनाएका तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।

त्यस्तै, इजिप्ट तथा लिभरपुलका मोहम्मद सलाह, स्पेन तथा रियल म्याड्रिडका ड्यानी कार्भाजाललगातय खेलाडीले पनि क्रिसमस मनाएका तस्बिर सार्वजनिक गरेका छन्।
क्रिसमस मनाएका तस्बिर सार्वजनिक गर्दै उनीहरूले शुभकामनासमेत दिएका छन्।
अधिकांशले आफ्नै परिवारसँग क्रिमस मनाएका तस्बिर सार्वजनिक गरिरहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।