काठमाडौं– पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगमा काठमाडौं नाइट्सले विजयी सुरुवात गरेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गरेको हो।
काठमाडौंले दिएको १६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन
सक्यो। पोखराका लागि उपल थरङ्गाले सर्वाधिक ४४ रनको योगदान दिए। यस्त, अमीर हमाज र अभिमन्यु मिथुनले समान १८÷१८ रन बनाए। काठमाडौका लागि अविनाश बोहराले ३ तथा बसिर अहमदले २ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो।

काठमाडौंका लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित पारी खेले। उनले ४२ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए। यस्तै सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, वीरनदीप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा पबेलियन फर्किए।
यता, पोखराका लागि प्रतिस जिसी र जाहिर खान समान २-२ विकेट लिए। त्यस्तै, मौसम ढकालले १ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।