• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सीके राउतले सपथ लिएको ‘मधेशी भाषा’ के हो?

64x64
नवीन झा बिहीबार, पुस ७, २०७९  १८:०८
1140x725

काठमाडौं- नवनिर्वाचित सासंदहरुले बिहीबार सांसद पदको सपथ लिएका छन्। नेपाल बहुभाषिक देश भएकाले सांसदहरुले आफूले रोजेको भाषामा सपथ लिन सक्ने व्यवस्था छ। त्यसैले २७ जना सासदहरुले नेपाली बाहेकको भाषामा सपथ लिएका हुन्। उनीहरुले नेपाली बाहेकका विभिन्न १४ भाषामा सपथ लिए।

जनमत पार्टीका अध्यक्ष सीके राउतसहित सोही पार्टीका अन्य दुई सांसदले ‘मधेशी भाषा’ मा सपथ लिएको रेकर्ड संसद सचिवालयको छ। राउतसहित जनमत पार्टीकी बनिता कुमारी सिंह र अनिता कुमारीले मधेशी भाषामा सपथ लिएका हुन्।

नेपालमा बोलिने भाषाहरुको सूचीमा 'मधेशी भाषा' भन्ने उल्लेख छैन। नेपालको पूर्वदेखि पश्चिमसम्मको तराई भागलाई राजनीतिक रुपमा मधेश भन्ने चलन र राजनीति भने पुरानै हो। २००७ सालकै सेरोफेरोदेखि नेपालमा मधेश राजनीति सुरु भए पनि भाषाको रुपमा मधेशी भाषा प्रयोग गरिएको देखिँदैन।

यसअघि मधेश केन्द्रित नेताहरुले पूर्वदेखि पश्चिमसम्मको मधेश भू-भागलाई जोड्ने भाषा हिन्दी भएको दाबी गर्ने गर्थे। त्यसैले मधेशको सम्पर्क भाषाका रुपमा हिन्दीको वकालत गर्थे। तर मंसिर ४ को निर्वाचनपछि पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेको जनमत पार्टीले मधेशी भाषालाई प्रयोगमा ल्याएका हुन्।

जनमत पार्टीले प्रतिनिधि सभामा ६ सिट जितेका छन्। प्रत्यक्षतर्फ अध्यक्ष राउत निर्वाचित भएका थिए भने समानुपातिकतर्फ ५ सिट जितेको थियो।

के हो मधेशी भाषा?
सांसद पदको सपथमा राउतले रेकर्डमा राखेको मधेशी भाषा के हो भन्ने चासो बढेको देखिन्छ। राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष दीपक साहले आफूहरुले मधेशभरिकै सम्पूर्ण भाषाहरुको परिवारलाई जोडेर बृहत रुपमा मधेशी भाषाको अवधारणा ल्याएको बताए।

साहले मधेशी भाषाका लागि राउतले ११ वर्ष पहला धेरै काम पनि गरेको पनि जानकारी दिए। त्यसक्रममा १५ सयभन्दा बढी पृष्ठको दस्तावेज पनि तयार गरिएको उनको भनाइ छ।

‘हामीले त्यतिबेलै त्यसलाई प्रकाशन पनि गर्ने सोच बनाएका थियौँ। तर सकेनौँ', उनले भने, 'त्यसलाई हामीले अब थप छलफल गरेर प्रकाशन गर्ने र मधेशमा प्रयोगमा ल्याउने छौँ।'

Ncell 2
Ncell 2

साहले भनेको जस्तो राउतको नेतृत्वमा मधेशी भाषाका सन्दर्भमा ११ वर्ष पहिला गरिएको अध्ययनमा के छ त?

त्यो अध्ययनको संयोजकको भूमिका समेत निर्वाह गरेका साहका अनुसार मधेशका पूर्वदेखि पश्चिमका थारु समुदायसम्मले बोल्ने मातृभाषा भाषाहरुलाई यसमा समेटिएको छ। त्यसको साथै पूर्वदेखि पश्चिमसम्मका मधेशी र थारु समुदायले बुझ्ने गरी चलनचल्तीका शब्दहरुको साझा अर्थ निस्कने गरी हिन्दीमा रुपान्तरण पनि गरिएको छ।

साह भन्छन्, ‘हाम्रो निष्कर्ष पनि पूर्वदेखि पश्चिमसम्मको मधेशलाई हिन्दीले नै जोड्ने हो। तर स्थानीय मातृभाषाहरुलाई प्राथमितकतामा राखेर सम्पर्क भाषाको रुपमा मात्रै हामीले हिन्दीमा अर्थहरु राखेका छौँ।’

उनका अनुसार यो अध्ययन गरिँदा मधेशमा बोलिने सबै मातृभाषाहरुका भाषाविद्हरु र संस्कृतिविद्हरुसँग समेत कुराकानी र छलफल गरिएको थियो। ‘अध्यन टोलीमै पनि हामीले पूर्व र पश्चिमका केही भाषाविद् र संस्कृतिविद्हरुलाई राखेका थियौँ’, साहले भने, ‘त्यतिबेला हामीले मध्यदेशीय भाषा भनेका थियौँ। तर, अहिले अब मधेशी भाषाको रुपमा हामीले प्रयोग गरेका छौँ।’

त्यसो भए, बिहीबार जनमत पार्टीका अध्यक्ष राउतले लिएको सपथको भाषा व्यहोरा के थियो त? साहका अनुसार, राउतले लिएको सपथको भाषाको व्यहोरा पूर्णरुपमा मैथली नै थियो। ‘उहाँको मातृभाषा मैथली हो’, उनले भने, ‘त्यही भएर उहाँको सपथको भाषाको व्यहोरा पनि मैथलीमै थियो। तर हामीले मैथली, भोजपुरी, अवधी, थारु, सन्थाल लगायतका मधेशमा बोल्ने सबै भाषाहरुमा एकरुपता ल्याउन चाहेका छौँ। त्यही भएर मधेशी भाषाको शब्दावली प्रयोग गरेका हौँ।’

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन वैकल्पिक शक्तिहरूसँग दिनभरि छलफल गरेका बालेन आज बिहान साढे ७ बजे नै ज्वागल आइपुगेका थिए ।  उनी बुधबार राति मात्रै ज्वागलबाट गएका थिए... बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल ललितपुरको कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट गरिरहेका बालेनलाई भेट्न सुनार त्यहीँ पुगेका हुन्। बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले आफू यसपालीको चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । यद्यपि उनले आफू... बिहीबार, पुस १०, २०८२
ताजा समाचारसबै
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्