• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

नेपथ्यको सातौं प्रदर्शनमा सुर्खेतवासीले गरे भव्य स्वागत

64x64
नेपाल लाइभ बिहीबार, पुस ७, २०७९  ०९:१८
1140x725

वीरेन्द्रनगर– तराईका फाँटहरुबाट उक्लेर थोरै माथि कर्णाली प्रदेश आइपुगेको नेपथ्यलाई वीरेन्द्रनगर सुर्खेतका बासिन्दाले ठूलो उपस्थितिका साथ भव्य स्वागत गरेका छन्।

‘मानवताका लागि संगीत’ अभियानका साथ विशाल टोली लिएर मुलुकको यात्रामा निस्केको लोकरक ब्याण्ड नेपथ्यको यस श्रृंखलाकै यहाँ सातौं प्रस्तुति थियो।

बुधबार बेलुकी चार बजेदेखि गेट खुलाभएदेखि छ नबज्दै स्थानीय खुलामञ्चमा दर्शकहरुको उल्लेख्य उपस्थिति जुटिसकेको थियो। घडीको सुइले ठीक छ बजाउनेबित्तिकै मञ्चमा नेपथ्यका म्यूजिक भिडियो बज्न थालेका थिए। अघिल्लोपटक धनगढीमा जस्तै यहाँ पनि ब्याण्डले पहिलो गीतका रुपमा ‘आँगनै भरि’बाट दर्शकहरुलाई स्वागत गर्योथ।

यो गीत नेपथ्यको आफ्नै इतिहासमा पनि पहिलो रचना थियो। स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो। गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राका झलक आउनेगरी दृश्यहरुको संयोजन गरेको थियो।

पहिलो गीतमा साथसाथै गाएर सघाएका दर्शकहरुले त्यसपछि अर्को सर्वकालीक हिट गीत ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत गर्दा उफ्रन सुरु गरेको देखिन्थ्यो। ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउँदा त्यो उत्साह अझ बढ्न पुग्यो।

04 Nepathya frontman Amrit Gurung addressing a large audience in Birendranagar Surkhet. Photo - Dipit Raz - Nepalaya1671679906.JPG

‘हामीलाई सुन्न यहाँ उपस्थित हुनुभएका तपाईं सबैजनालाई स्वागत छ,’ अमृतले त्यसपछि गीतको साटो संवादको थालनी गरे, ‘हामी बीच यसरी भेटघाटको जोग जुराइदिने आयोजक मानवसेवा आश्रमलाई धेरै धेरै धन्यवाद छ है।’

कर्णाली प्रदेशको राजधानी यो सहरमा नेपथ्य १५ वर्षपछि प्रस्तुत भएको हो। यसअघि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्याण्ड सुर्खेत आएको थियो। त्यतिबेला भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगणमा कन्सर्ट आयोजित थियो।

Ncell 2
Ncell 2
nimb
nimb

खुलामञ्चमा दर्शकको लागि भनेर लगाइएको घेराभित्र नअटेर बाहिर बाहिर पनि दर्शक देखिन थालेका थिए। ब्यापक उपस्थितिले सम्पूर्ण माहोल सुरुदेखि उत्साहपूर्ण बनेको थियो। ‘यति लामो अन्तरालपछि नेपथ्य यहाँ आएको छ,’ अमृतले भने, ‘तपाईंहरुले यसरी माया गर्नुहुन्छ भन्ने थाहा भइदिए अलि पहिल्यै आउने थियौं।’

दर्शकहरुलाई स्वागत गरेपछि अमृतले फेरि ‘तपाईंहरुलाई म मेरो भेगतिर लैजान्छु। रोदीघरहरुमा लैजान्छु’ भन्दै गाउन सुरु गरेः

‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि मर्योई’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएका थिए। दर्शकहरुलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले त्यसपछि धौलागिरितिर तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

उनले धौलागिरि भेगको त्यस गीतमा देखिएको लालीगुराँसका दृश्यहरु सुर्खेतमाथिको गुराँसे लेकमा पनि देखिने बयान गर्दा स्थानीय दर्शकहरु असाध्यै रमाएका थिए।

Xtrem

Xtrem

03 Nepathya frontman Amrit Gurung in action in Birendranagar Surkhet. Photo - Dipit Raz - Nepalaya1671679906.JPG

‘तर हिजोआज यस्तरी फुलेका गुराँस टिपेर शीरमा लगाइदिने तन्नेरीहरु छैनन्,’ उनले थपे, ‘उहिलेदेखि लाहुर जाने परम्परा एक वा अर्को रुपमा झनै बढ्दै छ।’

यति भनेपछि उनले लाहुरेहरुबाटै आएको गीत ‘नैनाताल’ सुनाएका थिए।
त्यो गीतको धुनकै बीचमा पनि उनी बोल्न थालेः

‘यहाँ माथिका पहाडहरुबाट मानिस सुर्खेत आउँछन् र सुर्खेतबाट नेपालगंज हुँदै भारत जान्छन्। यस्ता दृश्यहरु हामीले दुःख मानेर हेर्नुपरिरहेको छ। एकदिन कोहि पनि लाहुर जान नपरोस् है।’
प्रतिउत्तरमा दर्शकदीर्घाबाट ठूलो समर्थनसहितको आवाज आएको थियो।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए।घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो।

यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो।

01 Nepathya performing to a packed audience in Birendranagar Surkhet. Photo - Dipit Raz - Nepalaya1671679907.JPG

‘केटाकेटीलाई शिक्षाको उज्यालो देखाउनु र आश्रय नपाएकाहरुलाई बाँच्ने आधार तयार पार्नु जत्तिको पवित्र कर्म अरु कुनै छैन,’ सरकारी विद्यालयहरुकै निम्ति यसअघि सुर्खेतमा प्रस्तुत उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने आ आफ्नो ठाउँबाट गच्छे अनुसारको दान गर्न आजैबाट सुरु गर्नुस्।’

गुरुङ र उनको टोलीले अघिल्लो दिन मंगलबार मात्रै ‘मानव सेवा आश्रम’को स्वागत समारोहमा उपस्थिति जनाएका थिए। यहाँस्थित गोरेटो रेष्टुरेन्टको हलमा कर्णाली प्रदेशका प्रमुख सचिवले ब्याण्डका सदस्यहरुलाई माला लगाएर स्वागत गरेका थिए। समारोहमा सुर्खेतकै माटोमा हुर्केर सिँगो राष्ट्रलाई लोकगीतहरुले सिँगारेका अग्रज प्रेमदेव गिरीको समेत उपस्थिति थियो।

त्यसैगरी स्थानीय राजनीतिक फाँट, प्रहरी, प्रशासन र सेनाका नेतृत्वकर्ताहरु समारोहमा सरिक थिए। त्यतिबेला सुर्खेतकै नवयुवकहरुले खोलेको ब्याण्डले नेपथ्यका गीतहरु गाएर सुनाएका थिए। उक्त अवसरमा अमृतले मानवसेवा आश्रमले मुलुकभर सडकमा आश्रितलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ आफ्नो ब्याण्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पारेका थिए।

02 An aeriel view of Nepathya performing at Khulamanch in Birendranagar Surkhet. Photo - Dipit Raz - Nepalaya1671679907.JPG

बुधबारको कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ–गाउँबाट उठ’ को पालो आइपुग्यो। अमृतले मञ्चबाट यो गीत गाइरहँदा सुर्खेती दर्शकले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो।

त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः
‘भर्खरै चुनाव सकिएको छ। घर–घर विभाजित भएको छ। तर, अब हामीले यो समाजलाई जोड्नतर्फ लाग्नुपर्छ। हामी विद्यालय बनाउनका निम्ति एकापसमा जोडिनु पर्छ। हामीले गाउँ गाउँमा अस्पताल पुर्याेउनका निम्ति जोडिनैपर्छ।’

धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो। कार्यक्रमको अन्त्यतिर सधैंजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो।
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ?
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्