• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

नेपथ्यको सातौं प्रदर्शनमा सुर्खेतवासीले गरे भव्य स्वागत

64x64
नेपाल लाइभ बिहीबार, पुस ७, २०७९  ०९:१८
1140x725

वीरेन्द्रनगर– तराईका फाँटहरुबाट उक्लेर थोरै माथि कर्णाली प्रदेश आइपुगेको नेपथ्यलाई वीरेन्द्रनगर सुर्खेतका बासिन्दाले ठूलो उपस्थितिका साथ भव्य स्वागत गरेका छन्।

‘मानवताका लागि संगीत’ अभियानका साथ विशाल टोली लिएर मुलुकको यात्रामा निस्केको लोकरक ब्याण्ड नेपथ्यको यस श्रृंखलाकै यहाँ सातौं प्रस्तुति थियो।

बुधबार बेलुकी चार बजेदेखि गेट खुलाभएदेखि छ नबज्दै स्थानीय खुलामञ्चमा दर्शकहरुको उल्लेख्य उपस्थिति जुटिसकेको थियो। घडीको सुइले ठीक छ बजाउनेबित्तिकै मञ्चमा नेपथ्यका म्यूजिक भिडियो बज्न थालेका थिए। अघिल्लोपटक धनगढीमा जस्तै यहाँ पनि ब्याण्डले पहिलो गीतका रुपमा ‘आँगनै भरि’बाट दर्शकहरुलाई स्वागत गर्योथ।

यो गीत नेपथ्यको आफ्नै इतिहासमा पनि पहिलो रचना थियो। स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो। गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राका झलक आउनेगरी दृश्यहरुको संयोजन गरेको थियो।

पहिलो गीतमा साथसाथै गाएर सघाएका दर्शकहरुले त्यसपछि अर्को सर्वकालीक हिट गीत ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत गर्दा उफ्रन सुरु गरेको देखिन्थ्यो। ब्याण्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउँदा त्यो उत्साह अझ बढ्न पुग्यो।

04 Nepathya frontman Amrit Gurung addressing a large audience in Birendranagar Surkhet. Photo - Dipit Raz - Nepalaya1671679906.JPG

‘हामीलाई सुन्न यहाँ उपस्थित हुनुभएका तपाईं सबैजनालाई स्वागत छ,’ अमृतले त्यसपछि गीतको साटो संवादको थालनी गरे, ‘हामी बीच यसरी भेटघाटको जोग जुराइदिने आयोजक मानवसेवा आश्रमलाई धेरै धेरै धन्यवाद छ है।’

कर्णाली प्रदेशको राजधानी यो सहरमा नेपथ्य १५ वर्षपछि प्रस्तुत भएको हो। यसअघि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्याण्ड सुर्खेत आएको थियो। त्यतिबेला भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगणमा कन्सर्ट आयोजित थियो।

Ncell 2
Ncell 2

खुलामञ्चमा दर्शकको लागि भनेर लगाइएको घेराभित्र नअटेर बाहिर बाहिर पनि दर्शक देखिन थालेका थिए। ब्यापक उपस्थितिले सम्पूर्ण माहोल सुरुदेखि उत्साहपूर्ण बनेको थियो। ‘यति लामो अन्तरालपछि नेपथ्य यहाँ आएको छ,’ अमृतले भने, ‘तपाईंहरुले यसरी माया गर्नुहुन्छ भन्ने थाहा भइदिए अलि पहिल्यै आउने थियौं।’

दर्शकहरुलाई स्वागत गरेपछि अमृतले फेरि ‘तपाईंहरुलाई म मेरो भेगतिर लैजान्छु। रोदीघरहरुमा लैजान्छु’ भन्दै गाउन सुरु गरेः

‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि मर्योई’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएका थिए। दर्शकहरुलाई स्वदेश घुम्ने सल्लाह दिँदै अमृतले त्यसपछि धौलागिरितिर तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

उनले धौलागिरि भेगको त्यस गीतमा देखिएको लालीगुराँसका दृश्यहरु सुर्खेतमाथिको गुराँसे लेकमा पनि देखिने बयान गर्दा स्थानीय दर्शकहरु असाध्यै रमाएका थिए।

03 Nepathya frontman Amrit Gurung in action in Birendranagar Surkhet. Photo - Dipit Raz - Nepalaya1671679906.JPG

‘तर हिजोआज यस्तरी फुलेका गुराँस टिपेर शीरमा लगाइदिने तन्नेरीहरु छैनन्,’ उनले थपे, ‘उहिलेदेखि लाहुर जाने परम्परा एक वा अर्को रुपमा झनै बढ्दै छ।’

यति भनेपछि उनले लाहुरेहरुबाटै आएको गीत ‘नैनाताल’ सुनाएका थिए।
त्यो गीतको धुनकै बीचमा पनि उनी बोल्न थालेः

‘यहाँ माथिका पहाडहरुबाट मानिस सुर्खेत आउँछन् र सुर्खेतबाट नेपालगंज हुँदै भारत जान्छन्। यस्ता दृश्यहरु हामीले दुःख मानेर हेर्नुपरिरहेको छ। एकदिन कोहि पनि लाहुर जान नपरोस् है।’
प्रतिउत्तरमा दर्शकदीर्घाबाट ठूलो समर्थनसहितको आवाज आएको थियो।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए।घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो।

यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो।

01 Nepathya performing to a packed audience in Birendranagar Surkhet. Photo - Dipit Raz - Nepalaya1671679907.JPG

‘केटाकेटीलाई शिक्षाको उज्यालो देखाउनु र आश्रय नपाएकाहरुलाई बाँच्ने आधार तयार पार्नु जत्तिको पवित्र कर्म अरु कुनै छैन,’ सरकारी विद्यालयहरुकै निम्ति यसअघि सुर्खेतमा प्रस्तुत उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने आ आफ्नो ठाउँबाट गच्छे अनुसारको दान गर्न आजैबाट सुरु गर्नुस्।’

गुरुङ र उनको टोलीले अघिल्लो दिन मंगलबार मात्रै ‘मानव सेवा आश्रम’को स्वागत समारोहमा उपस्थिति जनाएका थिए। यहाँस्थित गोरेटो रेष्टुरेन्टको हलमा कर्णाली प्रदेशका प्रमुख सचिवले ब्याण्डका सदस्यहरुलाई माला लगाएर स्वागत गरेका थिए। समारोहमा सुर्खेतकै माटोमा हुर्केर सिँगो राष्ट्रलाई लोकगीतहरुले सिँगारेका अग्रज प्रेमदेव गिरीको समेत उपस्थिति थियो।

त्यसैगरी स्थानीय राजनीतिक फाँट, प्रहरी, प्रशासन र सेनाका नेतृत्वकर्ताहरु समारोहमा सरिक थिए। त्यतिबेला सुर्खेतकै नवयुवकहरुले खोलेको ब्याण्डले नेपथ्यका गीतहरु गाएर सुनाएका थिए। उक्त अवसरमा अमृतले मानवसेवा आश्रमले मुलुकभर सडकमा आश्रितलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ आफ्नो ब्याण्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पारेका थिए।

02 An aeriel view of Nepathya performing at Khulamanch in Birendranagar Surkhet. Photo - Dipit Raz - Nepalaya1671679907.JPG

बुधबारको कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ–गाउँबाट उठ’ को पालो आइपुग्यो। अमृतले मञ्चबाट यो गीत गाइरहँदा सुर्खेती दर्शकले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो।

त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः
‘भर्खरै चुनाव सकिएको छ। घर–घर विभाजित भएको छ। तर, अब हामीले यो समाजलाई जोड्नतर्फ लाग्नुपर्छ। हामी विद्यालय बनाउनका निम्ति एकापसमा जोडिनु पर्छ। हामीले गाउँ गाउँमा अस्पताल पुर्याेउनका निम्ति जोडिनैपर्छ।’

धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो। कार्यक्रमको अन्त्यतिर सधैंजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो।
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आयोगमा रमेश लेखकले भने– आन्दोलनमा बल प्रयोगको आदेश दिएको थिइनँ, लोकतन्त्र विरोधीले आन्दोलन हाइज्याक गरे (पूर्णपाठसहित)
मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ९८ घाइते
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव
सम्बन्धित सामग्री
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
गंगा सोनाम बनिन् छैटौँ नेपाल आइडल गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी स... सोमबार, भदौ १६, २०८२
ताजा समाचारसबै
आयोगमा रमेश लेखकले भने– आन्दोलनमा बल प्रयोगको आदेश दिएको थिइनँ, लोकतन्त्र विरोधीले आन्दोलन हाइज्याक गरे (पूर्णपाठसहित) सोमबार, पुस १४, २०८२
मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ९८ घाइते सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन दलहरू आयोग परिसरमा सोमबार, पुस १४, २०८२
रमेश लेखक बयानका लागि आयोगमा उपस्थित सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
योगेश भट्टराईको दाबी : ‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’ आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्