• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवाले कतिञ्जेल टिकाउलान् संसदीय दलमा बहुमत?

64x64
किशोर दहाल बुधबार, पुस ६, २०७९  १८:५५
1140x725

काठमाडौं– 'केही समयपछि फेरि (संसदीय दलको) निर्वाचन हुन्छ। फेरि प्रतिस्पर्धा हुन्छ। फेरि नयाँ परिणामको अपेक्षा हुन्छ। त्यो बेलासम्म परिवर्तन आवश्यक छ भन्ने कुरामा थप सांसद साथीहरुको पनि मन जित्न सक्छु भन्ने सोचेर, संकल्प गरेर निरन्तर रुपमा प्रयत्न गरिराख्छु।'

बुधबार भएको कांग्रेस संसदीय दलको निर्वाचनमा पराजित भएका गगन थापाले दिएको अभिव्यक्ति हो, यो। निर्वाचनमा शेरबहादुर देउवाले ६४ मत पाउँदा थापाले केवल २५ मत पाएका थिए। पत्रकारबाट घेरिएका थापाले देउवालाई बधाई मात्रै दिएनन्, फेरि छिट्टै संसदीय दलको नेताका लागि निर्वाचन हुने संकेत पनि गरे। उनको भनाइ छ, 'हाम्रो पाँच वर्षको संसदीय कार्यकाल भर्खर प्रारम्भ भएको छ। केही समयपछि फेरि निर्वाचन हुन्छ। फेरि प्रतिस्पर्धा हुन्छ।'

थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिँदा नै संसदीय दलको नेतृत्व भिन्न ढंगले गर्नुपर्छ भन्ने आफूलाई लागेको र अहिले पनि लागिरहेको बताए। उनले निर्वाचन परिणाम अपेक्षाकृत नआए पनि आफू नथाक्ने र निराश नहुने बरु अरु मेहनत गर्ने बताए।

'संसदीय दलको नेता बदलिनुपर्छ भन्ने मेरो अजेन्डा किन थियो, के कारणले थियो भन्नेचाहिँ थप साथीहरुको बीचमा निरन्तर लगिराख्छु', उनको भनाइ छ, 'मलाई विश्वास छ, कुनै एउटा बिन्दु आउँछ, समय आउँछ, त्यतिखेर पार्टीभित्रका बहुसंख्यक साथीहरुले महसुस गर्नुहुन्छ, मनन गर्नुहुन्छ। त्यो बेलामा सुखद परिणाम आउँछ भन्ने अपेक्षा गर्ने हो, प्रयत्न गर्ने हो।'

देउवाले बहुमत गुमाउलान्?

शेखर कोइराला र गगन थापा समूहका सांसद भनेर चिनिने ३० भन्दा बढी सांसद भएको र थापाको छवि र प्रयत्नका कारण केही थप सांसदले मत दिने अपेक्षा गरिएको थियो। त्यसैले, थापाले पाएको मत सोही समूहको आकलनभन्दा कम हो। थापाले आफूले पाएको मत अपेक्षाकृत नभएको बताइसकेका छन्।

जो देउवातिर लागे, उनीहरुलाई विभिन्न आश्वासन दिइएको विषय यसअघि नै छिटपुट रुपमा सार्वजनिक भइसकेका छन्। धेरैजसोलाई त मन्त्रीको प्रस्ताव नै गरिएको थियो। तर ती आश्वासन पूरा गर्न सक्ने अवस्थामा देउवा हुनेछैनन्। जसले गर्दा संसदीय दलमा उनलाई सहयोग गर्नेहरुले नै विकल्पको खोजी गर्न सक्छन्। कांग्रेस नेता तथा विश्लेषक शंकर तिवारी देउवाले सांसदहरुलाई दिएका विभिन्न आश्वासनका कारण उनी दबाबमा पर्दै जाने बताउँछन्।

देउवाले नसच्चिकन पुरानै शैलीमा काम गर्ने हो भने उनले अहिले पाएको बहुमत दुई वर्ष पनि टिक्छ जस्तो आफूलाई नलाग्ने तिवारीको विश्लेषण छ। 'देउवालाई पाँच वर्ष नै संसदीय दलको नेतामा टिक्न मुस्किल पर्छ', उनी भन्छन्, 'देउवाले कसरी टिमलाई मिलाएर जानुहुन्छ, त्यसले कसरी काम गर्छ, जनअपेक्षा अनुसार खरो उत्रिन सक्छ कि सक्दैन? उहाँले सांसदहरुलाई विभिन्न आश्वासनहरु दिनुभएको छ। उहाँहरुलाई कसरी थमाएर राख्न सक्नुहुन्छ? त्यसको परीक्षण सुरु भएको छ।'

nimb
nimb
Ncell 2
Ncell 2

पार्टीभित्रै पनि देउवाविरुद्ध कसिलो मोर्चा बन्ने देखिएको छ। महामन्त्रीद्वय थापा र शर्माले सरकारमा नजाने र पार्टीभित्रै भूमिका खेल्ने घोषणा गरिसकेका छन्। थापाको भनाइ थियो- 'म संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेपछि म फेरि त्यसकै लागि कोसिस गरिराख्छु। मेरो प्रयास त्यसकै लागि रहन्छ। सरकारमा अरु साथीहरु जानुहुन्छ, काम गर्नुहुन्छ।' यिनै पृष्ठभूमि  र सन्दर्भसहित थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहितको बलियो प्रतिपक्षी मोर्चा तयार भएको विश्लेषण भइरहेको छ। त्यसलाई चिर्न देउवालाई हम्मे पर्ने आकलन गर्न सकिन्छ।

देउवालाई सकस हुने अभिव्यक्ति थापाले आजै दिइसकेका छन्। गठबन्धनका दलहरुबीच हुनसक्ने गोप्य सहमतितिर लक्षित गर्दै उनले त्यस्ता निर्णय कांग्रेसले नबोक्ने चेतावनी दिए। 'अँध्यारो कोठाभित्र बसेर नेताहरुले सहमति गर्नुहुन्छ भने त्यसलाई कांग्रेसले बोक्दैन। र भोलि नेपाली कांग्रेसले धोका दियो भनेर कसैले भन्न पाउनुहुन्न', उनको भनाइ थियो। थापाको अभिव्यक्तिले उनको समूहले अब खेल्ने भूमिकाको छनक पाउन सकिन्छ।

बीचमै नेता फेरिएका उदाहरण छन् कांग्रेसभित्रै

२०४८ यताका संसद्/संविधानसभाका निर्वाचनबाट गठन भएका कांग्रेस संसदीय दलमा बीचमा पटकपटक नेतृत्व फेरिएका उदाहरण छन्। २०४८ पछिको तीन वर्षे संसद्, २०६४ पछिको चार वर्षे संविधानसभा र २०७४ पछिको पाँच वर्षे संसद्‌मा मात्रै एउटै नेता कायम भएका थिए। बाँकी सबैमा संसदीय दलको नेता हेरफेर भएको देखिन्छ।

२०५१ को निर्वाचनपछि सुरुमा शेरबहादुर देउवा नै संसदीय दलको नेता थिए। संसद्को सोही कार्यकालमा पछि गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता भए। २०५६ को निर्वाचनपछि गठन भएको संसदीय दलमा त तीन जना नेता भए। सुरुमा कृष्णप्रसाद भट्टराई, बीचमा गिरिजाप्रसाद कोइराला र उनीपछि शेरबहादुर देउवा। यही अवधिदेखि (कोइरालाको पालामा) संसदीय दलको नेताका लागि प्रतिस्पर्धा हुन थालेको हो।

२०६४ को संविधानसभा निर्वाचनपछि रामचन्द्र पौडेल दलको नेता भए। संविधान सभाको सो कार्यकालभर उनी नै दलको नेता भए। २०७० मा सुशील कोइराला संसदीय दलको नेता भए। उनको २०७२ मा निधन भएपछि रिक्त पदको लागि भएको निर्वाचनमा देउवा विजयी भएका थिए। २०७४ को निर्वाचनपछि फेरि देउवा नै संसदीय दलको नेता भएका थिए।

स्वभाविक परिवर्तन मात्रै होइन, कांग्रेसभित्र संसदीय दलको नेता फेर्नका लागि अविश्वासको प्रस्ताव ल्याइएका उदाहरण पनि छन्। गिरिजाप्रसाद कोइरालाको योजामा दुई पटक अविश्वासको प्रस्ताव आएपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले संसद्‌बाट भावुक सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा नै दिएका थिए।

विगतका संसद्‌का कार्यकालमा भएका संसदीय दलको नेता परिवर्तनको उदाहरण दिँदै तिवारी भन्छन्- 'अहिलेको संसद्‌मा पनि त्यस्तै हुने सम्भावना देख्दैछु।'

देउवा निकट नेता तथा कांग्रेस प्रवक्ता प्रकाशशरण महत भने संसदको यो कार्यकालभर अर्कोपटक संसदीय दलको निर्वाचन नहुने दाबी गर्छन्। 'यो संसद्को कार्यकालमा संसदीय दलको अर्को निर्वाचन हुँदैन। आजको निर्वाचनको म्यान्डेट त्यही हो', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'गगन थापाज्यूको उम्मेदवारीलाई अस्वभाविक रुपमा लिएका छैनौँ। लोकतन्त्रको सहज प्रक्रियाको रुपमा लिएका छौँ। पार्टीभित्र सबै मिलेर अगाडि बढ्छौँ। गठबन्धन पनि पाँचै वर्ष चल्छ।'

यो पनि पढ्नुहोस

संसदीय दलमा किन गगनले अपेक्षा गरेको भन्दा थोरै मत पाए?


 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १८:५५
  • #शेरबहादुर देउवा
  • #नेपाली-कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मुख्यमन्त्री बनेको तीन सातापछि कर्णालीमा सरकार विस्तार, एमालेका तीन मन्त्रीको शपथ बुधबार मुख्यमन्त्री मंगलबहादुर शाहीले एमालेका तीन मन्त्रीलाई सहभागी गराउँदै सरकार विस्तार गरेका हुन् । बुधबार, भदौ ३, २०८३
मन्त्रिपरिषद् बैठकले गर्‍यो ११ निर्णयहरु, यस्ता छन् ‍[सूचीसहित] उक्त बैठकका निर्णयहरू सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । बुधबार, भदौ ३, २०८३
गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा ल्याउन सांसद तामाङको माग बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद तामाङले आफूलाई मन नपर्ने व्यक्ति वा संस्थाको चरित्र हत्या गरेर रमाउने प्रवृत... बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
मुख्यमन्त्री बनेको तीन सातापछि कर्णालीमा सरकार विस्तार, एमालेका तीन मन्त्रीको शपथ बुधबार, भदौ ३, २०८३
मन्त्रिपरिषद् बैठकले गर्‍यो ११ निर्णयहरु, यस्ता छन् ‍[सूचीसहित] बुधबार, भदौ ३, २०८३
साउनमा ४० लाख सिलिन्डर ग्यास बिक्री, बजारमा भने अभाव कायमै बुधबार, भदौ ३, २०८३
गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा ल्याउन सांसद तामाङको माग बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्री र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्