काठमाडौं–अपराह्न ३ बज्नलाग्दा समेत प्रतिनिधिसभा बैठक शुरु हुन सकेको छैन। बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भूमिबारे दिएको अभिव्यक्तिको विरोध गर्दै बैठकमा अवरोध गर्दै आएका छन्। प्रधानमन्त्रीले माफी नमागेसम्म लर उनको अभिव्यक्ति संसदको रकर्डबाट नहटाएसम्म बैठकमा अवरोध गरिरहने विपक्षी दलको अडान छ।
यसअघि सोमबार बसेका दुई बैठक कार्यासूचीमा प्रवेश नै नगरी स्थगित भएका थिए।
यता मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित रहेको बताएका छन्। उनले आवश्यक परे प्रधानमन्त्री संसद् आएर थप प्रष्टीकरण दिनेसमेत बताए।
यता मगलबार नै बसेको राष्ट्रिय सभा बैठक दोस्रो दिन पनि स्थगित भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विरोध जनाउँदै सांसदले विरोध गरेपछि अध्यक्ष नारायण दाहालले बुधबार बस्नेगरी बैठक स्थगन गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।