• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय दलमा किन गगनले अपेक्षा गरेको भन्दा थोरै मत पाए?

64x64
नेपाल लाइभ बुधबार, पुस ६, २०७९  १४:५७
1140x725

काठमाडौं- ‘आजको मत परिणाम अपेक्षाकृत होइन। यो भन्दा धेरै राम्रो हुन्छ भन्ने अपेक्षा गरेको थिएँ,’ कांग्रेस संसदीय दलको नेताका प्रत्यासी गगन थापाले मतपरिणामपछि भने।

पार्टी महामन्त्री समेत रहेका थापाले आफ्नो समूहका ३२ सहित केही भोट तानेर देउवालाई नजिकबाट चुनौती दिने सम्भावना देखेका थिए। तर,  परिणाममा उनले एक तिहाइ समेत हासिल गर्न सकेनन्। झन्डै ७२ प्रतिशत मत ल्याएर कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता छानिए।

कांग्रेसको १४औं महाधिवेशन देउवा गुटबाट समेत मत क्रस गराएर लोकप्रिय मत ल्याएका थिए थापाले। संसदीय दलमा देउवाले थापा पक्षको मत क्रस गराइदिएका छन्।

मत परिणामलाई लिएर देउवाइतर समूहले समीक्षा गर्ने जनाएको छ। आफ्नो समूहबाटै भएको ‘धोका’बाट पाठ सिक्नेगरी मिहिन रुपमा केलाउने उक्त पक्षका एक नेताले बताए। उनले भने,  ‘यो नतिजाबाट सबै नेताहरू सन्तुष्ट हुनुहुन्न। कहाँ गडबडी भयो? त्यो पत्ता लगाएर अघि बढ्ने कुरा भएको छ।’

चुनावको नतिजापछि पनि उक्त समूहका नेता शेखर कोइराला, संसदीय दलको नेताका उम्मेदवार गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू अर्जुन नरसिंह केसी, चन्द्र भण्डारीलगायतले छलफल गरेका छन्। सबैले उक्त परिणामलाई अप्रत्यासित रुपमा लिएका उक्त पक्षका ती नेताले बताए।

संस्थापनइतरका नेताहरूले केही विषय भने पहिल्याएका छन्। त्योमध्ये पहिलो भोट हाले/नहालेको खिचेर ल्याउनुपर्ने दबाबलाई ठानेका छन्। प्रधानमन्त्री समेत रहेका देउवाले आफूलाई भोट हाल्ने वाचा गरेका तर, थापासँग पनि निकट नै रहेका केही नेताहरूलाई ‘वाच’ गरेका थिए। चुनावका समयमा उनीहरूमाथि निगरानी गरिएको थियो।

शंकास्पद नेता भोट हाल्न जाँदा साथसाथै देउवा पक्षका नेताहरू पनि जाने गरेका थिए। भोट क्रस गर्न सक्ने १३ जना जति सांसदहरूलाई त तस्बिर खिच्न नै दबाब दिइएको महामन्त्री थापाले नै देखेका छन्। उक्त समय महामन्त्री थापासँगै रहेका एक सांसदका अनुसार ती सांसद्हरू भोट हाल्न जाँदा अघि-अघि देउवापत्नी आरजु राणा र पछि-पछि गृहमन्त्री वालकृष्ण खाणपत्नी मञ्जु खाण गएकी थिइन्।

भोट हाल्न गएकाहरूलाई तस्बिरका लागि बाहिरैबाट संकेत गरिएको थियो र उनीहरूले तस्बिर खिचेका थिए। महामन्त्री थापाले त्यहीँ विरोध जनाएको बताएका छन्। उनले मतदानस्थलमै पत्रकारहरूसँग भने,  ‘बिहानै क्यामेरा लिन पाउनुपर्ने उहाँहरूको माग थियो। हामीले त्यसलाई रोक्न खोज्यौं तर सांसदकै मोबाइल खोस्ने कुरा राम्रो नदेखिएला भनेर देखिने ठाउँबाट भोट हाल्ने तर तस्बिर नखिच्ने निर्णय गर्‍यौं।’

Ncell 2
Ncell 2
nimb
nimb

सभापति देउवाले फोटो देखाउन बाध्य पार्दा आफ्नोतिर गणना गरेका केही सांसदहरूले देउवा पक्षमै भोट हालेको उक्त पक्षको भनाइ छ।

अर्को, सत्ताको नेतृत्व गरिरहेका शक्तिशाली सभापति देउवा पक्षले आफ्ना निकट धेरैलाई टिकट दिएको थियो भने समानुपातिकमा समेत पारेको थियो। त्यसले बहुमत सांसद देउवाकै पक्षमा रहेको हिसाब-किताब छर्लंग थियो। देउवाको जित सुनिश्चित देखिएका कारण उनी विपक्षमा उभिएर सम्भावित अवसर गुमाउने आँट सांसदहरूले गरेनन्। 

‘सबै साथीहरू लड्ने आँट गर्नुहुन्न। दुवैतिर समदूरी राख्न चाहनुहुन्छ। उहाँहरू निगरानी गरिएको कुराबाट डराउनुभयो। भविष्यमा पाउन सकिने अवसर गुम्ने डरले उतै भोट हाल्न तयार हुनुभयो’, संस्थापनइतरका एक नेता भन्छन्। 

अर्को मुख्य कारणचाहिँ अन्तिम समयसम्म साझा उम्मेदवार तय गर्न नसक्नु रहेको उक्त पक्षका नेताहरू स्वीकार्छन्। सुरुबाटै एक जनालाई तयार गर्दा माहोल बन्न सक्ने भए पनि संस्थापनइतर अलमलियो। पहिल्यै घोषणा गरेका थापाका साथै डा शेखर कोइराला आकांक्षी देखिए। गएको महाधिवेशनमा टिम बनाएर लडेका उनीहरू दुवै जना मैदानमा उत्रिने सम्भावना मंगलबारसम्मै कायम रह्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डा कोइरालापक्षका केही नेताहरूले थापालाई नस्वीकारेका कारण डा कोइराला अडिएका थिए। विशेषगरी शेखर-गगन पक्षमा रहेका दोस्रो तहका नेताहरूमा थापा-शर्माको जोडीबाट डर थियो। उनीहरू अघि बढ्दा आफूहरूको पार्टी करियर चाँडो सकिने संशय थियो। केही नेताहरूले त्यस्तो अभिव्यक्ति समेत दिँदै आएका थिए। ती सांसदहरूले थापालाई भोट नदिएको अनुमान पनि हुन थालेको छ।

अर्को, अन्तिम दिनसम्म उम्मेदवार थापा सहमति निर्माण गर्नमै सक्रिय रहे। यसले आफ्नै समूहका सांसदसँग पनि पर्याप्त छलफल गर्ने अवसर पाएनन्। आफ्नो गुटभन्दा बाहिरका सांसदहरूसँग त झन् सम्पर्क गर्ने समेत घर्किसकेको थियो। यसले गर्दा माहोल नै निर्माण नहुनु पनि थापा पक्षले हारको एउटा कारणका रुपमा लिएको छ।

उम्मेदवार हुनेमा पहिलेदेखि नै निश्चित रहेका देउवाले सांसदहरूलाई थापाले भेट्नुअघि नै भेटिसकेका थिए। आफ्नो पक्षमा मत पार्नका लागि सबै अभ्यासहरू गरिसकेका थिए। मंगलबार दिनभर बैठकमै सक्रिय भएका थापाले राति सांसदहरूसँग कुरा गर्ने कोसिस गरे। 

तर, गृहमन्त्री समेत रहेका बालकृष्ण खाणले सफल हुन दिएनन्। थापाले जाने ठाउँको निगरानी गर्न उनले सादा पोशाकका प्रहरी खटाइदिए। धेरै सांसदहरू भेटेपछि राति मात्रै आफ्ना पछाडि त्यसरी मान्छे खटाइएको उनीहरू थाहा पाए। केहीलाई भेटेर सोधपुछ गरे। मंगलबार रातिको भेटघाट प्रत्युत्पादक भएको उक्त पक्षको बुझाइ छ। किनभने भेटेका सांसदहरूबारे निगरानीका लागि खटाइएका प्रहरीले खाणलाई ब्रिफिङ गरे। देउवा पक्षले उनीहरूमाथि निगरानी बढायो। जसले गर्दा सांसदहरू सकसमा परे।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्