• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार ३०, २०८३ Tue, Jul 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय दलमा किन गगनले अपेक्षा गरेको भन्दा थोरै मत पाए?

64x64
नेपाल लाइभ बुधबार, पुस ६, २०७९  १४:५७
1140x725

काठमाडौं- ‘आजको मत परिणाम अपेक्षाकृत होइन। यो भन्दा धेरै राम्रो हुन्छ भन्ने अपेक्षा गरेको थिएँ,’ कांग्रेस संसदीय दलको नेताका प्रत्यासी गगन थापाले मतपरिणामपछि भने।

पार्टी महामन्त्री समेत रहेका थापाले आफ्नो समूहका ३२ सहित केही भोट तानेर देउवालाई नजिकबाट चुनौती दिने सम्भावना देखेका थिए। तर,  परिणाममा उनले एक तिहाइ समेत हासिल गर्न सकेनन्। झन्डै ७२ प्रतिशत मत ल्याएर कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता छानिए।

कांग्रेसको १४औं महाधिवेशन देउवा गुटबाट समेत मत क्रस गराएर लोकप्रिय मत ल्याएका थिए थापाले। संसदीय दलमा देउवाले थापा पक्षको मत क्रस गराइदिएका छन्।

मत परिणामलाई लिएर देउवाइतर समूहले समीक्षा गर्ने जनाएको छ। आफ्नो समूहबाटै भएको ‘धोका’बाट पाठ सिक्नेगरी मिहिन रुपमा केलाउने उक्त पक्षका एक नेताले बताए। उनले भने,  ‘यो नतिजाबाट सबै नेताहरू सन्तुष्ट हुनुहुन्न। कहाँ गडबडी भयो? त्यो पत्ता लगाएर अघि बढ्ने कुरा भएको छ।’

चुनावको नतिजापछि पनि उक्त समूहका नेता शेखर कोइराला, संसदीय दलको नेताका उम्मेदवार गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू अर्जुन नरसिंह केसी, चन्द्र भण्डारीलगायतले छलफल गरेका छन्। सबैले उक्त परिणामलाई अप्रत्यासित रुपमा लिएका उक्त पक्षका ती नेताले बताए।

संस्थापनइतरका नेताहरूले केही विषय भने पहिल्याएका छन्। त्योमध्ये पहिलो भोट हाले/नहालेको खिचेर ल्याउनुपर्ने दबाबलाई ठानेका छन्। प्रधानमन्त्री समेत रहेका देउवाले आफूलाई भोट हाल्ने वाचा गरेका तर, थापासँग पनि निकट नै रहेका केही नेताहरूलाई ‘वाच’ गरेका थिए। चुनावका समयमा उनीहरूमाथि निगरानी गरिएको थियो।

शंकास्पद नेता भोट हाल्न जाँदा साथसाथै देउवा पक्षका नेताहरू पनि जाने गरेका थिए। भोट क्रस गर्न सक्ने १३ जना जति सांसदहरूलाई त तस्बिर खिच्न नै दबाब दिइएको महामन्त्री थापाले नै देखेका छन्। उक्त समय महामन्त्री थापासँगै रहेका एक सांसदका अनुसार ती सांसद्हरू भोट हाल्न जाँदा अघि-अघि देउवापत्नी आरजु राणा र पछि-पछि गृहमन्त्री वालकृष्ण खाणपत्नी मञ्जु खाण गएकी थिइन्।

भोट हाल्न गएकाहरूलाई तस्बिरका लागि बाहिरैबाट संकेत गरिएको थियो र उनीहरूले तस्बिर खिचेका थिए। महामन्त्री थापाले त्यहीँ विरोध जनाएको बताएका छन्। उनले मतदानस्थलमै पत्रकारहरूसँग भने,  ‘बिहानै क्यामेरा लिन पाउनुपर्ने उहाँहरूको माग थियो। हामीले त्यसलाई रोक्न खोज्यौं तर सांसदकै मोबाइल खोस्ने कुरा राम्रो नदेखिएला भनेर देखिने ठाउँबाट भोट हाल्ने तर तस्बिर नखिच्ने निर्णय गर्‍यौं।’

nimb
nimb
Ncell 2
Ncell 2

सभापति देउवाले फोटो देखाउन बाध्य पार्दा आफ्नोतिर गणना गरेका केही सांसदहरूले देउवा पक्षमै भोट हालेको उक्त पक्षको भनाइ छ।

अर्को, सत्ताको नेतृत्व गरिरहेका शक्तिशाली सभापति देउवा पक्षले आफ्ना निकट धेरैलाई टिकट दिएको थियो भने समानुपातिकमा समेत पारेको थियो। त्यसले बहुमत सांसद देउवाकै पक्षमा रहेको हिसाब-किताब छर्लंग थियो। देउवाको जित सुनिश्चित देखिएका कारण उनी विपक्षमा उभिएर सम्भावित अवसर गुमाउने आँट सांसदहरूले गरेनन्। 

‘सबै साथीहरू लड्ने आँट गर्नुहुन्न। दुवैतिर समदूरी राख्न चाहनुहुन्छ। उहाँहरू निगरानी गरिएको कुराबाट डराउनुभयो। भविष्यमा पाउन सकिने अवसर गुम्ने डरले उतै भोट हाल्न तयार हुनुभयो’, संस्थापनइतरका एक नेता भन्छन्। 

अर्को मुख्य कारणचाहिँ अन्तिम समयसम्म साझा उम्मेदवार तय गर्न नसक्नु रहेको उक्त पक्षका नेताहरू स्वीकार्छन्। सुरुबाटै एक जनालाई तयार गर्दा माहोल बन्न सक्ने भए पनि संस्थापनइतर अलमलियो। पहिल्यै घोषणा गरेका थापाका साथै डा शेखर कोइराला आकांक्षी देखिए। गएको महाधिवेशनमा टिम बनाएर लडेका उनीहरू दुवै जना मैदानमा उत्रिने सम्भावना मंगलबारसम्मै कायम रह्यो।

डा कोइरालापक्षका केही नेताहरूले थापालाई नस्वीकारेका कारण डा कोइराला अडिएका थिए। विशेषगरी शेखर-गगन पक्षमा रहेका दोस्रो तहका नेताहरूमा थापा-शर्माको जोडीबाट डर थियो। उनीहरू अघि बढ्दा आफूहरूको पार्टी करियर चाँडो सकिने संशय थियो। केही नेताहरूले त्यस्तो अभिव्यक्ति समेत दिँदै आएका थिए। ती सांसदहरूले थापालाई भोट नदिएको अनुमान पनि हुन थालेको छ।

अर्को, अन्तिम दिनसम्म उम्मेदवार थापा सहमति निर्माण गर्नमै सक्रिय रहे। यसले आफ्नै समूहका सांसदसँग पनि पर्याप्त छलफल गर्ने अवसर पाएनन्। आफ्नो गुटभन्दा बाहिरका सांसदहरूसँग त झन् सम्पर्क गर्ने समेत घर्किसकेको थियो। यसले गर्दा माहोल नै निर्माण नहुनु पनि थापा पक्षले हारको एउटा कारणका रुपमा लिएको छ।

उम्मेदवार हुनेमा पहिलेदेखि नै निश्चित रहेका देउवाले सांसदहरूलाई थापाले भेट्नुअघि नै भेटिसकेका थिए। आफ्नो पक्षमा मत पार्नका लागि सबै अभ्यासहरू गरिसकेका थिए। मंगलबार दिनभर बैठकमै सक्रिय भएका थापाले राति सांसदहरूसँग कुरा गर्ने कोसिस गरे। 

तर, गृहमन्त्री समेत रहेका बालकृष्ण खाणले सफल हुन दिएनन्। थापाले जाने ठाउँको निगरानी गर्न उनले सादा पोशाकका प्रहरी खटाइदिए। धेरै सांसदहरू भेटेपछि राति मात्रै आफ्ना पछाडि त्यसरी मान्छे खटाइएको उनीहरू थाहा पाए। केहीलाई भेटेर सोधपुछ गरे। मंगलबार रातिको भेटघाट प्रत्युत्पादक भएको उक्त पक्षको बुझाइ छ। किनभने भेटेका सांसदहरूबारे निगरानीका लागि खटाइएका प्रहरीले खाणलाई ब्रिफिङ गरे। देउवा पक्षले उनीहरूमाथि निगरानी बढायो। जसले गर्दा सांसदहरू सकसमा परे।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतङ्क बढ्यो : निश्कल राई
बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेनन् : आरेन राई
संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय
सम्बन्धित सामग्री
सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतङ्क बढ्यो : निश्कल राई मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रश्न गर्न नदिने प्रवृत्ति बढेको र लोकतन्त्रलाई संस्थागत हुन नदिने गरी एकपछि अर्को घ... मंगलबार, असार ३०, २०८३
बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेनन् : आरेन राई उनले लामो समय बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएको भन्दै सरकारको आलोचना गरे । मंगलबार, असार ३०, २०८३
संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले सञ्चारमाध्यम तथा राजनीतिक नेतृत्वको निवास र कार्यालयअ... मंगलबार, असार ३०, २०८३
ताजा समाचारसबै
सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतङ्क बढ्यो : निश्कल राई मंगलबार, असार ३०, २०८३
बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेनन् : आरेन राई मंगलबार, असार ३०, २०८३
संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय मंगलबार, असार ३०, २०८३
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल मंगलबार, असार ३०, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ सोमबार, असार २९, २०८३
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता सोमबार, असार २९, २०८३
गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिंदै सोमबार, असार २९, २०८३
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा सांसदहरुले उठाए प्रश्न सोमबार, असार २९, २०८३
पार्किङ गरिएका गाडीबारे रास्वपाले भन्यो– यस्ता गतिविधि लोकतन्त्रविरोधी सोमबार, असार २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्